अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं १० भागेश्वरमा भलिबल प्रतियोगिताको समापन तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
स्थानिय शान्निकोट युवा क्लबको आयोजनामा यही मंसिर १ गतेवाट सुरु भएको खुल्ला भलिबल कप प्रतियोगिताको आज समापनाका साथै बिभिन्न कलाकारहरुका साथमा बृहत संस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।
शान्निकोट युवा क्लबका सल्लाहाकार समितका संयोजक झंकर कुबरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गोदावरी नगरपालिका वडा नं १० का वडा अध्यक्ष रविन्द्र शाही प्रमुख अतिथी रहेका थिए भने कैलाली जनपुस्तकालयका अध्यक्ष , पत्रकार , शिक्षविद् डा. टिएन जोशी बिशिष्ट अतिथीमा रहेका थिए ।
कार्यक्रममा बोल्दै वडाअध्यक्ष शाहीले आफुले निर्वाचन अगाडी बोलेका कुराहरु आफ्नो कार्यकाल भित्र पुरा गरेको बताए । उनले आफु निर्वाचित भएर आएपछि बिभिन्न समस्यासंग जुधिरहेका वडाबासीका समस्याहरुलाई पहिलो प्रथमिकता दिदै काम गरिरहेको बताए ।
उनले अझै पनि थुप्रै समस्याहरु रहेकाले ति सबै कुराहरु उजागर गरेर राज्य संचालन गरिरहेकाहरुको ध्यानाकर्षण गराउन संचारकर्मीहरुलाई आग्रह गरे । उनले खानेपानीको प्रमुख समस्या रहेको वडा नं १० का बिकट बिकट ठाउँहरुमा आफुले जसरी पनि खानेपानी पुञ्याउनुपर्छ भनेर सबैलाई शुद्ध खानेपानीको पहुँचमा पुञ्याएको बताए ।
उनले अझै बाकिँ रहेको कार्यकालमा पनि वडाबासीका समस्याहरुलाई समाधान गर्दै जाने प्रतिबद्धता जनाए । कार्यक्रममा सुदूरपश्चिमकी चर्चित हास्य कलाकार भिम बिष्ट अछामी रेखा र चर्चित गायिका तथा उद्धघोषिका हेमन्ता भट्टराईले आफ्ना प्रस्तुतिहरु राखेर सहभागीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।
यस्तै भलिबल प्रतियोगिताको बिजेता र उप बिजेता टिमलाई पुरस्कार प्रदान गरिएको थियो । राष्ट्रका लागी खेलकुद स्वास्थका लागि खेलकुद भन्ने मूल नाराका साथ संचालन गरिएको खुल्ला भलिबल प्रतियोगिताको उपाधि आयोजक टिमले नै हात पारेको थियो ।
यस्तै प्रतियोगितामा गोदावरी २ अत्तरियामा रहेको पूर्बिचौकी युवा क्लब दोस्रो र गोदावरी १० जानकी टोलमा रहेको एकता मिलन युवा क्लबले तेस्रो स्थान हासिल गरेका थिए ।
प्रथम , दोस्रो र तेस्रोले क्रमश १० हजार , ७ हजार ७ सय ७७ , ३ हजार ३ सय ३३ नगद सहित प्रमाण पत्र प्राप्त गरेका छन् । शान्निकोट युवा क्लबका सदस्य शंकर बोगटीले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन अध्यक्ष प्रेम बम बोगटीले गरेका थिए ।