कञ्चनपुर- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत कञ्चनपुरका छवटै प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट पदाधिकारी चयन भएका छन्।
शुक्रबार भएको निर्वाचनमा ६ वटै प्रदेशसभामा नेतृत्व चयन भएको छ। निर्वाचन क्षेत्र १ (क) मा सभापतिमा मानबहादुर रोकाया निर्वाचित भएका छन्।
त्यस्तै उपसभापतिमा जगदीश राना र प्रेमसिंह ठगुन्ना, सचिवमा जयबहादुर विष्ट र दीपक श्रेष्ठ तथा सह–सचिवमा केशव एसके र चुँडामणि भट्ट निर्वाचित भएका छन्।
यसैगरी निर्वाचन क्षेत्र १ (ख) को सभापतिमा चेतनकुमार राई, उपसभापतिमा रामलाल राना र रंगवीर चौधरी, सचिवमा खगेन्द्र पण्डित र दिनेश कुँवर तथा सहसचिवमा गीता सबखोली रोकाया र महादेव पाण्डेय निर्वाचित भएका छन्।
त्यस्तै निर्वाचन क्षेत्र २ को (क) को सभापतिमा झङ्कर खड्का (पुरन), उपसभापतिमा उत्तमराज भट्ट र मीनबहादुर विष्ट, सचिवमा नवराज पन्त र लालबहादुर धामी तथा सहसचिवमा गणेशबहादुर विष्ट र धर्मदेव राना निर्वाचित हुनुभएको छ भने सोही निर्वाचन क्षेत्र (ख) को सभापतिमा करनसिंह ऐर, उपसभापतिमा टीकाराम बोहरा र नरबहादुर कुँवर, सचिवमा दिपकराज बोहरा र ज्ञानेश्वरप्रसाद जोशी तथा सहसचिवमा हवल्दार चौधरी र तोयाराज पन्त निर्वाचित भएका छन्।
निर्वाचन क्षेत्र ३ (क) मा सभापतिमा पद्मराज अवस्थी, उपसभापतिमा कमलसिंह जोरा र जगदीशसिंह विष्ट, सचिवमा तारासिंह भाट र अशोक पाण्डेय तथा सहसचिवमा कैलाश चन्द र टेकबहादुर विष्ट निर्वाचित भएका छन् भने सोही निर्वाचन क्षेत्र (ख) को सभापतिमा पुष्कर जोशी, उपसभापतिमा लालबहादुर शाही र वीरेन्द्र चन्द, सचिवमा पुरुषोत्तम अर्याल र डम्बर गुरुङ तथा सहसचिवमा गणेश रावल र लक्ष्मी मल्ल निर्वाचित भएका छन्।