बाजुरा जिल्लाको त्रिवेणी नगरपालीका नि. प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र साउँदले आफूले अबको पाँच बर्ष भित्र त्रिवेणी नगरपालीकालाई समृद्ध नगरपालीका बनाउने योजना तयार पारिसकेको बताएका छन । साउँदले त्रिवेणी नगरपालीका जल जंगल जमीन लगाएतका प्रसस्त विकास निमार्णका संभावना बोकेको नगरपालीका रहेको हुदाँ आफूलाई जनप्रतीनिधीहरुले काम गर्ने अवसर दिए त्रिवेणी नगरपालीकालाई समृद्ध नगर बनाए छोड्ने योजना रहेको बताए । यसै बिषयमा त्रिवेणी नगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र साउँद सँग गोदावरी न्युजकर्मी गगन अयडीले गरेको कुराकानीको सम्पादित अंश :

त्रिवेणी नगरपालिका कस्ता कस्ता योजना रहेका छन ?
नगरपालीका भित्र रहेका हरेक धार्मीक तथा पर्यटकीय गन्तब्यको विकास निमार्ण गर्नुका साथै मौरे नाटेश्वारी हुदै बडीमालीका मन्दिर सम्म केवुलकारको सञ्चालन गर्ने योजनाहरुलाई पहिलो प्रथामीकता दिने गरी त्रिवेणी नगरपालीकाले निर्णय गरेको छ । त्यस्तै अनाथ तथा जोखिमयुक्त बालवालीकाका लागि सामाजिक सुरक्षा कार्यक्रम , नगरपालीकाले नियमीत बजार अनुगमन निर्देशीका तयार गर्ने , जेष्ट नागरीक परिचयपत्र वितरण , अल्पकालीन नगर सेवा केन्द्र सञ्चालन गर्ने , एफ .एम रेडीयो व्यवस्थापन सञ्चालन कार्यविधि बनाउने लगायतका योजना रहेका छन ।
तपाईको सेवा प्रवाहबाट आम नागरिक कतिको सन्तुष्ट छन् ?
देशको नयाँ संरचना अनुसार सुरुमा नजप्रतिनिधिले सिफारिस गर्ने देखि हरेक कुरामा अन्यौलता थियो । जनप्रतिनिधिहरुले धेरै कुरा मलाई सोध्नुहुन्थ्यो र कर्मचारीहरु पनि त्यती जानकार हुनु हुदैनथ्यो । नयाँ नयाँ काम भएका कारण कसरी गर्ने, के गर्ने भन्ने अन्यौल थियो । हामीसँग विषयगत शाखा कृषि, महिला, बालबालिका, स्वास्थ्य, शिक्षा लगायतका बिषय नयाँ कुरा थिए । हामीले नबुझेको होइन तर त्यो विषयमा हामीसंग विशेषज्ञता थिएन । त्यसबारेमा अहिले थाहा भएको छ । यस्तो अवस्थाबाट सुरुवात गरेकोले जनतामा पनि अन्यौलता थियो । हामीले जनतालाई बुझाउने, जनप्रीतनिधिलाईँ प्रशिक्षण दिने, कर्मचारीको पदपूर्ति गर्ने जस्ता काम चुनौतिपूर्ण हुन् । यि सबै काम कार्यपालिकाको सदस्य सचिव र नगरको प्रमुख प्रशासकीय अधिकृत भएको हैसियतले कर्मचारीको मात्रै होइन कि सबै कुराको समन्वय गर्नुपर्ने हुन्छ ।
कर्मचारी र जनप्रतिनिधिहरुको विचमा समन्ध कस्तो छ ?
जनप्रतिनीधी र कर्मचारी विचको सम्बन्ध निकै समधुर रहेको छ कुनै काम गर्दा जनप्रतीनिधीहरुले आफुलाई सोधने गरेका हुन्छन । भने कर्मचारीहरुले पनि जनप्रतीनिधीको सहकार्यमा काम गर्दै आएका छन । यस नगरपालिकाका जनप्रतिनिधि तथा स्थानीय बासीले मलाई चिनेको भएर पनि सहज भएको हुन सक्छ । असल मनोभावनाले काम गर्याे, मैले नगरे कसले गर्ने भन्ने जस्तो आफ्नो दायित्व बोध गरेर अगाडि बडेको कारण जनप्रतिनिधिले सहयोग गर्नुभएको छ । त्यसकारण मलाई समन्वयन गर्न सजिलो भएको छ । धेरै गर्न नसके पनि हामीले एकप्रकारको आधार तयार गरि सकेका छौं ।
एउटा प्रशासकीय अधिकृत कस्तो हुनुपर्छ ?
जिम्मेवार पदमा बसेरका सच्चा राष्ट्र सेवकले जनतालाई आफूभन्दा माथी राखेर काम गर्नुपर्छ । त्यसमा लगनसिल, अनुशासित, निस्वार्थी र व्यवहारिक र राम्रो ज्ञन क्षमता हुनुका साथै जनतालाई मुस्कान सहतिको सेवा दिने प्रमुख प्रशासकीय हुन पर्छ ।
प्रमुख प्रशासकीय अधिकृतले नै हो सिहंदरबारको अधिकार गाउँसम्म पुर्याएको ?
नीति निर्माण गर्ने काम जनप्रतिनिधिको हो । काम गर्ने भनेको कर्मचारीले हो । जनप्रतिनिधिले एउटा भवनाले काम गर्नुहुन्छ र त्यो कानुन संबत छ कि छैन कर्मचारीले बुझी दिने हो । प्रत्येक कुरामा हामी सहभागी भएर कानुन बमोजिम काम गर्नु पर्ने कुरामा कानुन विपरित हुन खोजेको छ भने त्यस्तो हुन नदिने र यसरी जाँउ भन्ने गर्नुपर्छ । कानुन कार्यन्वयन गर्ने हामीले नै हो, हामीले नगरे हुदैन । जनप्रतिनिधिलाई बाटो देखाउने काम हाम्रो हो ।
दुर्गम क्षेत्र हुनुको समस्या के के छन ?
गाउँमा यातायात नहुनु यातायता नहुँदा एक वडाबाट अर्को वडामा काम गर्न समस्या हुनु सञ्चार सेवाबाट टाडा रहनु । कार्यालयका कनै पनि डाटाहरु समयमा इन्र्टी गर्न नपाउनु जस्ता समस्या रहेका हुन्छन । भने दुर्गम भएका कारण कर्मचारीहरु आउन नमाने भएकाले पनि कार्यालयमा दक्ष कर्मचारीहरुको अभाव हुने गरेका छ ।