अत्तरिया - नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत डोटीमा प्रदेशसभा निर्वाचन क्षेत्र सुरु हुँदैछ । काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ गतेदेखी २६ गते सम्म काठमाडौंमा हुने कार्यतालिका छ । महाधिवेशनको तीव्र तयारीमा डोटीमा मंसिर ५ प्रदेश सभा निर्वाचन क्षेत्रमा अधिवेशन गर्न लागेको हो ।
यसका लागि धमाधम उम्मेदवारहरुले आफ्नो उमेदवारी घोषणा गरिहेको छन् । यसैक्रममा डोटीवाट युवाहरुका ढुकढुकी युवा नेता राजकुमार खड्का आरके पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
डोटीमा युवाहरुका माझँका निकै लोकप्रिय रहेका युवा नेता खड्काले डोटी प्रदेश सभा क्षेत्र नं १ क वाट प्रदेश प्रतिनिधिमा खुल्ला तर्फ आफ्नो उम्मेदवारी घोषणा गरेका हुन ।
सुशिल र नम्र स्वाभावका धनी खड्का काग्रेसको राजनितमा लामो समयदेखी सकृय रहेका छन् । बिभिन्न सामाजिक संघसंस्थामा आबद्ध उनी आफुलाई राजतिकर्मी भन्दा पनि समाजसेवीका रुपमा स्थापित गराउन चहान्छन् ।
कैलालीको गोदावरी नगरपालिका वडा नं २ मा समेत घर भएका खड्का बढी जसो डोटीमै रहन्छन् । उनी साना केटाकेटी देखी बृद्धबृद्धासंग पनि सहजै रुपमा घुलमिल हुन्छन् । बौद्धिक ब्यक्तिका रुपमा रहेका उनले राजनितिमा सकृय भएको लामो समय सम्म पनि कहिले पदको लोभ मानेनन् ।
यस पटक भने उनले १४ औँ महादिवेशनमा सुदूरपश्चिम प्रदेशवाट प्रदेश प्रतिनिधिमा आफुलाई उभ्यिाएका छन् । उनी भन्छन् "मैले आज सम्म गरेका कामहरुको मूल्याङन गर्ने जिम्मा वडा सभापति र क्षेत्रिय प्रतिनिधिहरुलाई सुम्पिएको छु , अहिले सम्म सबैको साथ , सहयोग र हौसलाले यहाँ सम्म पुगेको छु , आशा छ यो पटक मैले जित्नेछु भन्ने विश्वास छ । "
उनले आफु निर्वाचित भएर आएपछि युवा नेतृत्व अग्रसर बनाउदै डोटीमा जनप्रिय काग्रेस निर्माणमा जुट्ने बताएका छन् ।