अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाले चालु आर्थिक बर्ष २०७६\०७७ मा नगरपालिका १२ ओटै वडा भित्रको ३\३ किलोमिटर सडक कालोपत्रे गर्ने योजना अघि बढाएको छ । गत बर्ष वडा पिच्छे फरक फरक किसिमले सडक कालोपत्रे गरेको नगरपालिकाले यस बर्ष भने अनिवार्य रुपमा प्रत्येक वडाको ३ किलो मिटर सडकलाई कालोपत्रे गर्ने योजना अघि बढाएको हो ।
गोदावरी नगरपालिकाका भित्र सबै वडालाई सडक संजालहरुवाट जोड्न एबम् स्तारोन्नती गर्न प्रत्येक वडामा ३ किलोमिटर सम्म समेटिने गरी सडक कालोपत्रे गर्ने निती नगरपालिकाले लिएको छ । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज बिष्टका अनुसार नगरपालिकाले सार्बजनिक गरेको चालु आर्थिक बर्षको निति तथा कार्यक्रममा नगरपालिकाको भौतिक पुर्वाधार विकास र यातायत तर्फ प्रत्येक वडामा ३\३ किलोमिटर सडक कालोपत्रे गर्ने उल्लेख गरिएको छ ।
भौतिक पुर्वाधार विकास र यातायत तर्फ नगरपालिकाले चालु आर्थिक बर्षमा १५\१६ करोडको हाराहरीमा बजेट छुट्याएको उनले बताए । अहिले यो वडाको यो सडक कालोपत्रे गर्ने भनेर छुट्याइसकेका छैनौ प्रमुख प्रशासकिय अधिकृत बिष्टले भने अहिले यसको बिषयमा योजना र छलफल भैरहेको छ , अब कार्यपालिका बैठकवाट निर्णय हुन्छ र अति आवश्यक परेको ठाँउमा सुरुमा कालोपत्रे गरिन्छ । उनले सबै योजना बनाइ कार्यपालिका बैठकवाट निर्णय भईसकेपछि सडक कालोपत्रे गर्ने काम अगाडी बढ्ने बताए ।
यो संगै नगर क्षेत्र भित्रका सडकहरुको चौडाइ कम्तिमा २० फिट र बढिमा ४५ फिट गरिने नितिलाई निरन्तरता दिइने योजना निति तथा कार्यक्रममा राखेको नगरपालिकाले जनाएको छ । गएको आर्थिक बर्ष २०७५\०७६ मा गोदावरी नगरपालिकाले नगर भित्रका सबै वडाहरुमा जम्मा ८ दशमलब २ किलोमिटर सडक कालोपत्रे सम्पन्न गरेको छ । गत बर्ष ९ दशमलब ४ किलोमिटर अर्थात ९ हजार ४ सय १५ मिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको भएपनि सबै कालोपत्रे गर्न नसकिदा बाकिलाई क्रमागत रुपमा राखेको नगपालिकाले जनाएको छ ।
जसमा वडा न १ मा ५ सय ५० मिटर , वडा न ३ मा ६ सय ८५ मिटर , वडा न ५ मा १ हजार एक सय २५ मिटर , वडा न ६ मा १ हजार ३ सय ५० मिटर , वडा न ७ मा ५ सय ८० मिटर सडक कालोपत्रे गरिएको छ । यस्तै वडा न ८ मा ८ सय ८० मिटर , वडा न ९ मा २ हजार ४ सय ६० मिटर , वडा न १० मा ६ सय १५ मिटर, वडा न ११ मा ६ सय ७० मिटर र वडा न १२ मा ५०० मिटर सडक कालोपत्रेको गरिएको छ । वडा नं २ र ४ मा भने आर्थिक वर्ष २७४÷२०७५ मा सडक कालो पत्रे सम्पन्न भईसकेको थियो ।
सबै सडक कालोपत्रेको काम उपभोक्ता मार्फत गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले गत बर्ष सबै वडामा ५६ दशमलब ५६ किलो मिटर सडक ग्राभेल गरेको छ । गत बर्ष ५६ दशमलब ५६ किलो मिटर सडक ग्राभेल गर्ने लक्ष्य राखिएकोमा सबै ग्राभेल गरिएको हो ।
सडक कालोपत्रे गर्दा सुरुमा वरपर नाला निर्माण गर्न आवश्यक रहेको स्थानियहरुले बताएका छन् । यसका साथै सडक कालेपत्रे गर्नका लागि मात्र नभई यसलाई दिर्घकालिन सम्म टिकाइ राख्न गुणस्तरमा बिषेश ध्यान दिनुपर्ने गोदावरी नगरबासीले सुझाव दिएक छन् ।