अत्तरिया - नेपाली कांग्रेसको प्रदेश क्षेत्र निर्वाचन अन्र्तगत कैलाली क्षेत्र नं ४ प्रदेश ख को सभापतिमा गोपाल दत्त भट्टको टिम पुरै प्यानल सहित बिजयी भएको छ ।
काग्रेसको १४ औँ महादिवेशन अन्र्तगत हिजो अत्तरियामा सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुदाँ सभापतिमा भट्ट सतिहको पुरै प्यानल अत्यधिक मतका साथ विजयी भएको हो ।
सभापतिमा गोपाल दत्त भट्टले आफ्ना प्रतिद्धन्दी हेम प्रकाश मल्ललाई ९८ मतले पराजित गरेका छन् । भट्टले १७६ मत प्राप्त गरेका छन् भने उनका मल्लले ७८ मत मात्रै पाएका छन् । यस्तै प्रदेश ख को उप सभापतिमा भट्ट प्यानलका धनीराम पनेरु १ सय ७९ मत र पदम बहादुर बडैला १ सय ६९ मतका साथ विजयी भएका छन ।
उपसभापतिमा पनेरु र बडैलाका प्रतिद्धन्दी भोजराज जोशी ७८ मत र डबल बहादुर शाहले ८३ मत प्राप्त गरेका छन् । यस्तै सचिबमा जयराज पाठक १ सय ७६ मत र काशीनाथ अबस्थी १७५ मतका साथ विजयी भएका छन ।
पाठक र अबस्थी प्रतिद्धन्दी खगेन्द्र प्रशाद ओझा ७६ मत र दुर्गादेवी कडायत ७९ मत ल्याएका छन् । यस्तै सह सचिबमा पनि भट्ट प्यानलकै उम्मेदवारहरु निर्वाचित भएका छन् । सह सचिबमा सह सचिबमा हंश बहादुर बुढा १ सय ७७ र लक्ष्मण राज पन्त १७८ मतका साथ विजयी भएका हुन् ।
बुढा र पन्तका प्रतिद्धन्दी योगेन्द्र राज मल्ल ७८ मत र गंगा कुमारी मल्ल राबलले ७६ मत प्राप्त गरेका थिए । प्रदेश महाधिवेशन प्रतिनिधिहरुमा पुरै भट्ट प्यानलबाट बिजयी भएका छन ।
प्रदेश महाधिवेशन प्रतिनिधिहरुमा दिर्घ बहादुर देउवा , डम्बर सिह कडायत , दल बहादुर खड्का , हर्क बहादुर शाह मत, प्रेम बहादुर सुर्जामगर , हेमराज ओझा , धनबहादुर खडायत , जानकी पाल , राधिका देवी जोशी , निर्मला देवी ओझा , प्रभाकर भण्डारी , मनिराम न्यौन्याल , सिता देवी ऐर , ठक्कर बहादुर मगर , उदय सार्की , हरिराम चौधरी र श्याम ठाकुर अत्यधिक मतका साथ विजयी भएका छन् ।
२ सय ७० जना मतदाता रहेको प्रदेश ख मा हिजो भएको मतदानमा २ सय ६५ मत खसेको थियो ।