अत्तरिया - सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको अत्तरियामा रहेको पदमा अस्पताल प्रा.लीले आजदेखी आईसीयू (ICU) र एनआइसियू (NICU) सेवा संचालमा ल्याएको छ । अस्पतालले आफ्नो १६ औँ बार्षिक उत्सवको अबसर पारेर आईसीयू र एनआइसियू सेवा संचालमा ल्याएको हो ।
अस्पतालमा संचालनमा ल्याएका ६ बेडको आईसीय र ३ बेडको एनआइसियू सेवाको आज एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिं साउँदले समुद्घाटन गरेका हुन् ।
ग्रमिण क्षेत्रका जनताहरुलाई सर्वसुलभ रुपमा सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको पदमा अस्पताल १६ बर्ष पुरा भई १७ औँ बर्षमा प्रवेश गरेको अबसर आईसीयू र एनआइसियू सेवाको सुभारम्मका साथै एक बिषेश कार्यक्रमको आयोजना गरेको थियो ।
अस्पतालका अध्यक्ष गजेन्द्र बिर चन्दको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथी गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिंह साउँद रहनुभएको थियो । यस्तै बिशिष्ट अतिथीमा नेपाल स्वास्थ्य सेवा विभागका पूर्व महादिर्नेशक डा. लक्ष्मीराज पाठक , गोदावरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख नवराज अबस्थी र सुदूरपश्चिम प्रदेश ट्राफि प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी बामदेव गाौतम रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख साउँदले पदमा अस्पतालले व्यवसायिक मात्रै नभएर सेवाको रुपमा जनतालाई सेवा दिईरहेको बताए । उनले अत्तरिया क्षेत्रमा अस्पतालले आइसियु सेवा संचालन गर्नु जनताका लागि गौरवको कुरा भएको भन्दै प्रसंसा गरे ।
उनले अस्पतालले आइसियु सेवा सुुचारु गरेपछि अब यस क्षेत्रका जनताले बाह्य क्षेत्रमा जानुपर्ने बाध्यता हटेको बताए । अस्पतालका अध्यक्ष गजेन्द्र विर चन्दले अस्पतालले ग्रामिण क्षेत्रका जनतालाई स्थानिय स्तरमै सेवा दिनका लागि संचालनमा ल्याएको अस्पतालले आफ्नो सेवा विस्तार गर्दै गएको बताए ।
१५ बेडबाट सुरु गरेको पदमा अस्पताल अहिले ५० बेडमा पुगेको बताउदै उनले हाडजोर्नीका सेवाबाट सुरु भएकोमा सेवा सुबिधाहरु थप गर्दै आजको दिन सम्म आइसियु र एनआइसियु सेवा सुरु गरिएको बताए ।
उनले अस्पतालले स्वास्थ्य सेवा संगै आफूहरुले स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति पनि उत्पादनमा आफूहरु लागेको बताए । उनले आगामी दिनमा थप सेवा बिस्तार गर्दै यस क्षेत्रका जनतालाई सेवा दिन आफूहरु प्रतिबद्ध रहेको बताए । उनले सुदूरपश्चिममा सरकारी अस्पताल भन्दा पनि निजी क्षेत्रका अस्पतालहरुले स्वास्थ्य क्षेत्रमा फड्को मारेको बताए ।
उनले निजी अस्पताललाई सुधार गर्न राज्यको दृष्टिकोणमा परिवर्तन आउन आवश्यक रहेको बताए । यस्तै अस्पतालका प्रबन्ध निर्देशक डा. नर बहादुर मौनीले यस क्षेत्रका लागि आईसियू र एनआईसियू सेवा अति आवश्यक रहेको कुरालाई मध्यनजर गर्दै सेवा सुभारम्भ गरिएको बताए ।
उनले पहिले नै संचालन गरिसक्नुपर्ने आईसियू र एनआईसियू सेवा ढिलै भएपनि संचालमा आउदाँ अब यस क्षेत्रका जनतालाई धेरै राहात हुने विश्वास ब्यक्त गरे । आईसियू र एनआईसियू सेवाका लागि यहाँवाट धनगढी , नेपालगञ्ज , काठमाण्डौ र भारत रिफर गर्नुपर्ने बाध्यता अब भने अन्त्य हुने उनको भनाई छ ।
यस्तै उनले अब पदमा अस्पतालले स्क्यान सेवा पनि संचालमा ल्याउन लागेको बताए । सिटि स्क्यान सेवा संचालनका बिषयमा निर्णय भैसकेको बताउदै उनले अबको एक डेढ महिना भित्रै सेवा सुचारु गरिने बताए । अस्पतालकी प्रशासन प्रमुख मन्जु साउँदले अस्पतालले नियमित रुपमा सेवा बिस्तार गर्दै गएको बताईन ।
उनले अहिले अस्पतालले सबै क्षेत्रका विशेषज्ञ डाक्टरको सेवा संचालनमा ल्याएको बताईन । हाल अस्पतालले इमर्जेन्सी सेवा, ओपिडी सेवा, इन्डोर सेवा, सिएसी सेवा, फिजियोथेरापी सेवा, आइयुसिडी, एम्बुलेन्स सेवा, अर्थो, जनरल सर्जन, फार्मेसी सेवा प्रदान गर्दै आएको बताइन ।
उनले डाइगोनिष्ट सेवा अन्तरर्गत एक्सरे, युएसजी, इसिजी, इको, इन्डोस्कोपी लगायतका सेवा संचालनमा रहेको बताइन् ।
उनले यसका अलवा नेपाल सरकार संग समन्वय गरेर आमा सुरक्षा कार्यक्रम र परिवार नियोजनका कार्यक्रम संचालनमा ल्याएको छ । निजि अस्पतालहरु मध्ये सुदूरपश्चिम प्रदेशमा सबै भन्दा पहिला स्थापना भएका पदमा अस्पतालले विभिन्न सेवा सुबिधाहरु दिदै आएको छ ।
२०६३ सालमा स्थापना भएको पद्मा अस्पताल प्रा.ली अत्तरिया क्षेत्रको मात्रै नभएर अहिले सुदरपश्चिमका साथ पहाडी जिल्लाका जनताहरुको मुख्य केन्द्र बिन्दु बन्दै गएको छ ।