अत्तरिया - नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजवाट प्रदेश सभा अन्र्तगतको निर्वाचन क्षेत्रमा अधिवेशन सुरु भएको छ ।
काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ गतेदेखी २६ गते सम्म काठमाडौंमा हुने कार्यतालिका छ । महाधिवेशनको तीव्र तयारीमा लागेको कांग्रेसले देशैभरिका तीन सय ३० प्रदेशमा अधिवेशन सुरु भएको हो ।
विवादित प्रदेश निर्वाचन क्षेत्रबाहेक अन्य ठाउँमा आजवाट अधिवेशन सुरु भएको हो । यता कैलाली क्षेत्र नै ४ अन्र्तगत प्रदेश 'ख' मा दुई प्यानल चुनाबी मैदानमा रहेका छन् । प्रदेश ख मा सभापतिमा गोपाल दत्त भट्ट र हेम प्रकाश मल्लको टिम प्यानल सहित चुनाबी मैदानमा रहेको हो । प्रदेश ख को नयाँ नेतृत्वका लागि आज अत्तरियामा मतदान भएको छ ।
अत्तरिया स्थित उधोग वाणिज्य संघको भवनमा दिउँसो २ बजेवाट सुरु भएको मतदान साझँ ५ बने सकिएको निर्वाचन समितिले जनाएको छ । प्रदेश ख का लागि २ सय ७० जना मतदाता रहेकोमा २ सय ६५ मत खसेको निर्वाचन अधिकृत सरस्वती बमले जानकारी दिइन् ।
उनले आफुहरु साझँ ५ बजे मतदानको समय रहेकोमा त्यो बेला सम्म ५ जना भने नआएको बताइन् । मतदान प्रकृया सकिएको र आजै मतगणना भएर नतिजा प्रकाशन गरिने उनले बताइन् । मत गणना प्रतिभा पुस्तकालयको हलमा हुने उनले बताइन् ।
गोपाल दत्त भट्टको प्यानलवाट उप सभापतिमा धनीराम पनेरु र पदम बहादुर बडैला , सचिबमा जयराज पाठक र काशीनाथ अबस्थी , सह सचिबमा हंश बहादुर बुढा र लक्ष्मण राज पन्त रहेका छन् ।
यस्तै हेम प्रकाश मल्लको प्यानलवाट उपसभापतिमा भोजराज जोशी र डबल बहादुर शाह , सचिबमा खगेन्द्र प्रशाद ओझा र दुर्गादेवी कडायत , सह सचिबमा योगेन्द्रराज मल्ल र गंगा कुमारी मल्ल राबल रहेका छन् ।
यस्तै प्रदेश सभा प्रतिनिधिका लागि दुवै प्यानलवाट ३४ जना उम्मेदवार चुनाबी मैदानमा रहेका छन् । प्रदेश सभा क्षेत्रीय अधिवेशनले आफूमध्येबाट कम्तीमा तीन महिलासहित १० जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट ६ जना प्रदेश सभा क्षेत्रको जनसंख्याको बनोट अनुसार, तोकिएबमोजिम समानुपातिक आधारमा गरी जम्मा १६ जना प्रतिनिधि निर्वाचित गर्नेछ ।
प्रदेश अधिवेशनको प्रतिनिधि हुन क्रियाशील सदस्यता प्राप्त गरेको तीन वर्ष पुगेको हुनुपर्नेछ । प्रदेश सभा कार्यसमितिमा एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिव निर्वाचनबाट छानिनेछन् । कार्यसमितिमा आएका १६ जना प्रतिनिधिमध्येबाट कोषाध्यक्ष मनोनयन गरिनेछ ।