अत्तरिया - नेपाली काँग्रेस डोटीको सचिवमा युवा नेता बिजयराज ओझाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाल विद्यार्थी सङ्घको लामो राजनीति गरेका नेपाल विद्यार्थी सङ्घका आमन्त्रीत पुर्व केन्द्रिय सदस्य तथा बर्ष २०२१ जेसीज डोटीका अध्यक्ष र नेपाल रेडक्रस डोटी साखा कार्यसमिति सदस्य समेत रहि काम गरिरहनु भयको ओझाले नेपाली काँग्रेस डोटीको चौधौँ महाधिवेशनमा सचिव पदको उम्मेदवारी रहेको बताएका छन ।
उनले जिल्ला शिक्षामा रहेका बेथिति बिरुद्ध कार्बाहि गरेर ३ महिना सम्म भुमिगत र २ बर्ष सम्म मुद्दा समेत लडेका थिए । जिल्लामा रहेको अनियमितताका बिरुद्ध सधैं खरो रुपमा आवाज उठाउने नेता मध्य ओझा सबैभन्दा पहिले स्थानमा पर्छन् ।
नेपाल विद्यार्थी संघमा रहदा डोटी जिल्ला लगायत देश भरिका हजारौं विद्यार्थी लाई नेपाल विद्यार्थी संघमा जोडेका थिए ।
कोभिड १९ कोरोना भाइरसको महामारीको समयमा आदर्श गाउँपालिका लगायत डोटीका धेरै जसो नगरपालिका र गाउँपालिकामा आपतकालीन अवस्थामा राहत , स्वास्थ सामाग्री युवाहरूलाई सामाजिक कार्यमा अग्रसर गर्ने सम्पुर्ण जनताको आवश्यकता अनुरुपका सामाग्री लियर जनताको घर आगनमा पुगेका थिए ।
सचिवमा तपाईँको उम्मेदवारी किन भन्ने प्रश्नमा ओझाले भने ‘ म अहिले सङ्गठन र पार्टीको पक्षमा काम गर्न सक्ने इच्छाशक्ति र क्षमता छ,डोटी काङ्ग्रेस लाई युवाको खाचो छ् म सङ डोटीमा संगठन बलियो बनाउने मिसन भिजन साथै इच्छाशक्ति छ काँग्रेसलाई ऊर्जाशील बनाउन त युवा नै चाहिन्छ,सरकारी कार्यलयमा हुने बेथीतीलाई निर्मुल गर्नका लागी मेरो उम्मेदवारी हो ।’
नेपाली काँग्रेस डोटीको चौधौँ महाधिवेशन नजिकिएसँगै उम्मेदवारी घोषणा भई रहेका छन् । मङ्सिर ६ गते हुने जिल्ला अधिवेशनलाई लक्षित गरेर उम्मेदवारी घोषणा हुन लागेका हुन् ।