अत्तरिया -नेपाली काग्रेसको १४ औँ महादिवेशन अन्तर्गत कैलालीमा वडा तह देखी पालिका स्तरको अधिबेशन सम्पन्न भएका छन् । अब सबैको ध्यान प्रदेश ,क्षेत्र र जिल्लामा केन्द्रित बनेको छ । कैलाली क्षेत्र नम्बर ४ मा कांग्रेसको राजनिती झनै पेचिलो बनेको छ ।
क्षेत्र नम्बर ४ मा गोदावरी ,गौरीगंगा र चुरे गाउँपालिका पर्ने गर्दछन । नगर अधिबेशनमा यँहाका तिनै वटै पालिकामा समुह बनाएर प्यानल मै निर्बाचन भएको छ । गोदावरीमा पूर्व सभापती दिर्घराज भाट समुहले नगरमा जितेको छ । यस्तै गौरीगंगा र चुरेमा बर्तमान सभापती नर नारायण शाह पक्ष टिमले जितेको छ । गोदावरीमा क्षेत्रिय प्रतिनिधीमा भाट समुह निकै अगाढी रहेको छ ।
चुरे र गौरीगंगामा भने उक्त समुह अली कमजोर देखिएको छ । क्षेत्रिय प्रतिनिधीले नै क्षेत्रिय समितीमा मतदान गर्ने भएकाले नेताहरु अहिले क्षेत्रिय समितीलाई आफ्नो पक्षमा पार्न जोड घटाउमा लागेका छन् । स्थानिय तहमा पनि नेता कार्यकर्ताहरु शुरु देखी नै दुई लाइनमा बिभाजित भएका छन् । भाट समुहले क्षेत्रिय समिती पनि आफ्नै समुहले जित्ने दाबी गरेको छ ।
तर अर्को समुहले पनि क्षेत्रिय समिती आफ्नो पक्षमा पार्ने कसरत जारी राखेको छ । भाट समुहमा पूर्व केन्द्रिय सदस्य सुनिल कुमार भन्डारी , बिरेन्द्र भट्ट , उत्तम कठायत लगाएतका नेताहरु सकृय रहेका छन् । अर्को समुहमा डा लक्ष्मीराज पाठक , दिनेश जोशी, सुरत कार्की , पदमराज भट्ट सकृय रहेका छन् । क्षेत्रिय सभापतीमा अहिले सम्म कसैले पनि उम्मेववारी घोषणा गरेका छैनन ।
यही मंसिर ३ गते प्रदेश निर्वाचन क्षेत्र , मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न भएपछि मंसिर १० गते जिल्ला अधिवेशनका हुनेछ ।