धनगढी -नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सुदुरपश्चिममा आफ्नो पार्टी एक नम्बरको बनाउने उदघोष गरेका छन्। नेकपा समाजबादीको धनगढीमा सुदुरपश्चिम प्रदेश कार्यालय उदघाटन गर्दै उनले सो कुरा बताएका हुन ।
'यो त्यही भवन हो, जुन ठाउँबाट हिजो हामीले निर्माण गरेको एमाले पार्टीको प्रदेश कार्यालय थियो,' उनले भने ,' आज यही ठाउँमा एकीकृत समाजवादीले झण्डा फहराउँदा खेरी सुदूरपश्चिममा नम्बर १ पार्टी बनेको छ, बन्दै आएको छ बन्दै पनि जाने छ, यो सन्देश पनि हो ।'
सोही भबनमा नेकपा हुँदा पार्टी नेत्रित्वको बारेमा बिबाद हुँदा त्यसबेला कुकुर, भैंसी, लगायतका घाँटीमा पार्टी पद लेखेको कुराप्रति व्यंग्य गर्दै एमालेको प्रवृत्ति त्यस्तै रहेको बताए ।
उनले भने-' एमाले त्यस्तै प्रवृत्तिका मान्छेहरूको पार्टी बन्न पुगेको छ, त्यहाँ राम्रा, सुसंस्कृत मान्छेहरू, कम्युनिष्ट आदर्श भएका हैनन्, गैर कम्युनिष्टको पार्टी बन्दैछ ।' एक फरक प्रसँगमा नेता नेपालले सर्वोच्च अदालतमा देखापरेका समस्या छिटोभन्दा छिटो समाधान हुनुपर्ने धारणा राखे ।
'यसबारे सबै पक्षको ध्यानाकर्षण गराउने निर्णय भएको छ र प्रधानमन्त्रीले यसको निम्ति आफ्नै हैसियतले पहल गर्नुपर्छ', उनले भने।