अत्तरिया - नेपाली काग्रेसको १४ औँ महादिवेशन अन्र्तगत कैलालीमा वडा तह देखी पालिका स्तरको अधिबेशन सम्पन्न भएको छ ।
सुदूरपश्चिमका अन्य जिल्लाहरुमा यस अघिनै वडा र पालिका स्तरको अघिवेशन सम्पन्न भएपनि कैलालीमा भने क्रियशिल सदस्यता विवादका कारण ढिलो गरि वडा अघिवेशन सुरु भएको हो ।
५ वटा निर्वाचि क्षेत्र र १३ वटा स्थानिय तह रहेको कैलालीमा वडा र नगरको अघिवेन सम्पन्न भैसकेको छ । अब भोलीवाट प्रदेश निर्वाचन क्षेत्रको अघिवेशन सुरु हुदैछन् । यता क्षेत्र नं ४ मा पनि अबको नेतृत्वमा को आउने भन्ने जोड घटाउ सुरु हुन थालेको छ । यस क्षेत्रमा दिर्घराज भाट पक्षिय समूह बलियो रहेको दाबी गरिएको छ ।
गोदावरी नगरपालिका , गौरीगंगा नगरपालिका र चुरे गाउपालिका गरि ३ स्थानिय तह क्षेत्र नं ४ मा पर्दछन । यी नगर र गाउँपालिकामा पूर्व जिल्ला सभापति भाटको टिम र डा. लक्ष्मिराज पाठकको टिम प्यानल सहित चुनाब लडेका थिए ।
जसमा गौरीगंगा र चुरेमा डा. लक्ष्मिराज पाठकको टिमले जितेको छ भने गोदावरीमा भाट पक्षिय समूहले जितेको छ ।
२ नगरपालिकामा हार ब्यहोरेपनि भाट पक्षका नेताहरुले क्षेत्रमा आफ्नो टिम बलियो रहेको बताएका छन् । उनीहरुले क्षेत्रमा आफुहरुको जित निश्चित रहेको दाबी गरेका छन् ।
चुरे, गौरिगङ्गा र गोदावरीमा पाठक पक्षले ५९ , १०७ र ६१ मत गरि २ सय २७ मत प्राप्त गर्ने र दीर्घ राज भाटले क्रमश ३६ , ८० र १६१ मत गरि २७७ मत प्राप्त गर्ने जोड घटाउ निकालिएको छ । भाट पक्षका एक नेताले भने यही नै हिसाब हो अब हामी ४ नं क्षेत्रमा हामी नै अगाडी छौ र ५० मतका साथ बिजयी हुन्छौ ।