अत्तरिया - कैलालीका १३ वटै पालिकाहरुमा नेपाली काग्रेसको अधिवेशन सम्पन्न भएको छ । १४ औँ अधिवेशन अन्र्तगत वडा तहको अधिवेशन सम्पन्न भएसंगै कार्तिक ३० गतेदेखि काँग्रेसको गाउँ तथा नगर अधिवेशन सुरु भएको थियो ।
जिल्लाका केही पालिकामा सर्वसम्मत र केहीमा निर्वाचन मार्फत नयाँ नेतृत्व चयन भएको नेपाली काँग्रेस कैलाली प्रचार–प्रसार समितिले जनाएको छ ।
सुदरपश्चिम प्रदेशको एक मात्र उप महानगरपालिका धनगढी उपमहानगरपालिकाको नगर सभापति सर्वसम्मत चयन भएका छन् । धनगढीको नगर सभापतिमा यज्ञराज उपाध्याय सर्वसम्मत चयन भएका छन् ।
यस्तै गोदावरी नगरपालिकाको सभापतिमा बिर बहादुर चोखाल , गौरीगंगा नगरपालिकाको सभापतिमा पहल बिक्रम चन्द ,घोडाघोडी नगरपालिकाको सभापतिमा बम बहादुर सिंह , लम्कीचुहा नगरपालिकाको सभापतिमा इन्द्र बहादुर कुवर , टिकापुर नगरपालिका सभापतीमा नरेश खत्री , भजनी नगरपालिका सभापती नवराज मिश्र निर्वाचित भएका छन् ।
यस्तै जानकी गाउँपालिका सभापतिमा गणेशराज रेग्मी, कैलाली गाउँपालिका सभापतिमा कृष्णप्रसाद चौधरी, बर्दगोरिया गाउँपालिका सभापतिमा कृष्ण विष्ट र मोहन्याल गाउँपालिका सभापतिमा कमलबहादुर साउद , जोशिपुर गाउपालिका सभापतीमा बसिराम चौधरी चुरे गाउँपालिका सभापतिमा हेम शाह चयन भएका छन् ।
पालिका अधिवेशन सकिएसंगै अब क्षेत्रिय अधिबेशन हुने छ । यही मंसिर ३ गते प्रदेश निर्वाचन क्षेत्र , मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न भएपछि मंसिर १० गते जिल्ला अधिवेशनका हुनेछ ।