अत्तरिया - नेपाली काग्रेसको गोदावरी नगरपालिकाको नयाँ नेतृत्वका लागि अहिले मतदान भैरहेको छ । बिहानै ८ बजे हुने भनिएको मतदानको कार्य ढिलो गरि दिउँसो ३ बजेवाट सुरु भएको हो ।
नेपाली काग्रेसको गोदावरी नगरकार्यसमितिको नयाँ नेतृत्वका लागि यतिबेला दूई वटा टिम प्यानल सहित चुनाबी मैदानमा रहेका छन् ।
नगरमा दुवै टिम बिच सहमति हुन नसक्दा एक टिमवाट नगर सभापतिमा विर बहादुर चोखाल र अर्कोवाट बिष्णु बहादुर बडैलाको टिमले प्यानल सहित चुनाबी मैदानमा उत्रिएका हुन् । ६७ पदका लागि ९२ जनाको मात्रै उमेद्धवारी परेको छ ।
चोखालको टिमवाट उप सभापतिमा प्रेम सिंह बडैला र प्रेम बहादुर कुमाल , सचिबमा अशोकराज देवकोटा र योगेश भट्ट , सह सचिबमा दिलिप कुमार साउँद र धर्मा शाह बलाएर र अन्य सदस्य गरि ६७ जनाले उमेद्धवारी दर्ता गराएका छन् ।
उता बडैलाको टिमवाट उप सभापतिमा धर्मराज भट्ट र सुरज जोशी , सचिबमा बिक्रम बि.क र चिरिञ्जीवी भट्ट , सह सचिबमा दिनेश खत्री र जगत बहादुर खड्का र अन्य सदस्य गरि २५ जनाको उमेद्धवारी दर्ता भएको निर्वाचन अधिकृत नवराज ओझाले जानकारी दिए ।
८ वटा महत्वपूर्ण पद र बाकिँ सदस्य गरि ६७ सदस्यीय नगर कार्यसमिती गठन हुनेछ । एक जना महत्वपूर्ण पद कोषाध्यक्ष पछि निर्वाचित कमिटिले मनोनित गर्नेछ ।
गोदावरीमा नगर अधिबेशनका लागि २ सय ३९ जना मतदाताहरु रहेका छन् ।