अत्तरिया - नेपाली काग्रेसको १४ औँ महादिवेशन अन्र्तगत कैलालीमा वडा तहको अधिबेशन सम्पन्न भएसंगै आजवाट नगर अधिबेशन सुरु भएको छ । नयाँ नेतृत्वका लागि जिल्लामा १३ ओटै स्थानिय तहमा अधिबेशन आजवाट हुने भनिएको थियो ।
तर यता नेपाली काग्रेस गोदावरी नगर समितको अधिबेशन भोली मात्रै हुने भएको छ । आज अन्तिम मतदाता नावावली प्रकाशन गर्ने र उमेद्धवारहरुको उमेद्धवारी दर्ता गर्ने काम भएको छ । गोदावरी नगरपालिकामा आज २ वटा टिमले छुट्टाछुट्टै रुपमा प्यानल सहित नगर कार्यसमितिका उमेद्धवारी दर्ता गराएका छन् ।
वडाहरुमा आफ्नो बलियो उपस्थिती जनाएको पूर्व जिल्ला सभापति दिर्घराज भाटको टिम र डा. लक्ष्मीराज पाठकको टिमले प्यानल सहित आज उमेद्धवारी दर्ता गराएका हुन् । भाटका पक्षवाट नगरसभापतिमा विर बहादुर चोखाल र डा. पाठक पक्षवाट बिष्णु बडैलाको टिम प्यानल सहित चुनाबी मैदानमा उत्रिएको छ ।
चोखालको टिममा उप सभापति प्रेम सिंह बडैला र प्रेम बहादुर कुमाल , सचिबमा अशोकराज देवकोटा र योगेश भट्ट रहेका छन् भने सह सचिबमा दिलिप कुमार साउँद र धर्मा शाह बलाएरले मनोनय दर्ता गराएका छन् । बडैलाको टिमवाट उप सभापतिमा धर्मराज भट्ट र सुरज जोशी , सचिबमा बिक्रम बि.क र चिरिञ्जीवी भट्ट रहेका छन् ।
यस्तै सह सचिबमा दिनेश खत्री र जगत बहादुर खड्काले उमेद्धवारी दर्ता गराएका छन् । भोली बिहान ८ बजेदेखी बनखेती स्थित अत्तरिया उधोग वाणिज्यको परिसरमा चुनाब हुने कांग्रेस गोदावरी नगर समितिले जनाएको छ ।
चुनाबमा वडावाट जितेर आएका वडा सभापति र क्षेत्रिय प्रतिनिधिहरुले भोट हाल्नेछन् । गोदावरी नगरपालिकाको १२ वटा वडा मध्ये वडा अधिबेशनमा काँग्रेसका पूर्व सभापती दिर्घराज भाट पक्षिय समुह धेरै ठाउँमा बिजयी भएको छ ।
नगरपालिकाका धेरै वडामा काँग्रेसका दुई समुह प्यानल नै बनाएर चुनाव लडेका थिए । वडा नम्बर १ ,२ , ५ , ६, १०, ११ मा उक्त समुहको पुरै प्यानल वडा कमिटी मा बिजयी भएको छ । ति वडाहरुमा नगर प्रतिनिधी र क्षेत्रिय प्रतिनिधीमा पनि उक्त समुह कै धेरै सदस्य बिजयी भएका छन ।
वडा नम्बर ४ , ९ र १२ मा भने अर्को समुह प्यानल सहित बिजयी भएको छ । यस्तै वडा नम्बर ३ ,७ र ८ मा भने सहमती मै नेत्रित्व चयन गरिएको छ ।
यी वडाहरुमा पनि भाट समुहकै बाहुल्यता रहेको छ । यही समुहले नै नगरकमिटीको नेत्रित्व बनाउने दाबी गरेको छ । अब नगरमा कसले बाजी मार्नेछ त्यो भने भोली हुने निर्वाचनले तय गर्ने देखिएको छ ।