अत्तरिया - कैलालीमा नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न भएसंगै आज नगर अधिवेशन हुदैछ । आज हुने नगर अधिबेशनका लागि जिल्ला १३ ओटै पालिकामा दौड धुप सुरु भएको छ ।
अधिवेशनका लागि धमाधम उम्मेदवारी घोषणा भैरहेको छ भने पालिकाहरुमा निर्वाचन अधिकृत खटिसकेको छन् । यता गोदावरी नगरपालिकामा पनि २ वटा प्यानल नगर कार्यसमितिका लागि चुनाबी मैदानमा रहेका छन् ।
वडाहरुमा आफ्नो बलियो उपस्थिती जनाएको पूर्व जिल्ला सभापति दिर्घराज भाटको टिम र डा. लक्ष्मीराज पाठकको टिम प्यानल सहित चुनाबी मैदानमा रहेका छन् । भाटका पक्षवाट नगरसभापतिमा विर बहादुर चोखाल र डा. पाठक पक्षवाट बिष्णु बडैलाको टिम प्यानल सहित चुनाबी मैदानमा रहेको छ ।
चोखालको टिममा उप सभापति प्रेम सिंह बडैला र सोभान सिंह मल्ल , सचिबमा अशोकराज देवकोटा र योगेश भट्ट रहेका छन् भने सह सचिबमा दिलिप कुमार साउँद र धर्मा शाह बलाएर रहेका छन् । बडैलाको टिमवाट उप सभापतिमा धर्मराज भट्ट र सुरज जोशी , सचिबमा लक्ष्मण वि क र नर बहादुर कुन्जेडा रहेका छन् भने सह सचिबमा दिनेश खत्री र जगत बहादुर खड्का रहेका छन् ।
चुनाब बिहान ८ बजे बनखेतमा रहेको रेडक्रसको भवनमा हुने कांग्रेस गोदावरी नगरसमितिले जनाएको छ । सुदूरपश्चिमको एकमात्र उपमहानगर धनगढीको सभापतिका लागि नेता यज्ञराज उपाध्यायले उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल विद्यार्थी संघबाट नेपाल काँग्रेसको राजनीतिमा सक्रिय भएका उपाध्याय अहिले नगर सचिव छन्। यस्तै । कैलालीमा आज नगर अधिवेशन हुदैछ भने मंसिर ३ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन हुने छ ।
मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न भएपछि मंसिर १० गते जिल्ला अधिवेशन तोकिएको छ। कैलाली काँग्रेसले वर्तमान सभापतिको अध्यक्षतामा १ हजार ५ सय १ सदस्यीय जिल्ला अधिवेशन मुल व्यवस्थापन समिति गठन गरेको जनाएको छ ।