अत्तरिया - कैलाली क्षेत्र नम्बर ४ बाट नेकपा एमालेको महाधिवेशनको लागि ७ जना प्रतिनिधि छनौट भएका छन् । खुल्ला तर्फ सहमतिमा प्रतिनिधि चयन हुन नहुँदा निर्बाचनको माध्यमबाट प्रतिनिधि चयन गरिएको हो ।
निर्बाचनमा १० जनाको उम्मेदवारी परे पनी खुल्ला तर्फ ५ जना निर्बाचित भएका छन् । निर्बाचन अधिकृत नरेन्द्रराज शर्माका अनुसार निर्बाचित हुनेहरु गोदावरी नगरपालिकाका नगरप्रमुख समेत रहेका हरि सिँ साउँद, किसन सिं साउँद विशाल , राम प्रसाद चौधरी , पदम सिं सिंगाल र धन बहादुर रोक्का मगर रहेका छन ।
निर्वाचनमा उमेद्धवारी दिएका भिष्मराज सुबेदी , सुरत बहादुर बिष्ट , रबिन्द्र बहादुर राना , लोकेन्द्र बहादुर शाही र इस्वरा आचार्यले पराजित भएका छन् । सोही क्षेत्रबाट २ महिलामा गौरीगंगाबाट भागिरथी बिष्ट र गोदावरीबाट निर्मला भट्ट निर्बिरोध चयन भएका छन् ।
हरेक वडाबाट २० जना संगठित सदस्य बराबर एक जना प्रतिनिधि छनौट हुने ब्यबस्था गरिए अनुसार निर्बाचनमा क्षेत्रभर बाट २ सय २८ जना प्रतिनिधि छनौट भएका थिए ।
जसमध्य २ सय १९ ले महाधिवेशन प्रतिनिधिलाई भोट हालेका थिए । भोट हालेमा मध्ये ६ मत बदर भएको निर्बाचन अधिकृत नरेन्द्रराज शर्माले जानकारी दिए ।
छनौट भएका ७ जना प्रतिनिधिहरुले आगमी मंसिर १० गतेदी १२ गते सम्म चितवनमा हुने एमालेको राष्ट्रिय महादिवेशनमा भाग लिने छन् ।