अत्तरिया -गोदावरीमा नेपाली काँग्रेसको वडा अधिबेशन मा काँग्रेसका पूर्व सभापती दिर्घराज भाट पक्षिय समुह धेरै ठाउँमा बिजयी भएको छ । नगरपालिकाका धेरै वडामा काँग्रेसका दुई समुह प्यानल नै बनाएर चुनाव लडेका थिए ।
वडा नम्बर १ ,२ , ५ , ६, १०, ११ मा उक्त समुहको पुरै प्यानल वडा कमिटी मा बिजयी भएको छ । ति वडाहरुमा नगर प्रतिनिधी र क्षेत्रिय प्रतिनिधीमा पनि उक्त समुह कै धेरै सदस्य बिजयी भएका छन । वडा नम्बर ४ ,१२ र ९ मा भने अर्को समुह प्यानल सहित बिजयी भएको छ । यस्तै वडा नम्बर ३ ,७ र ८ मा भने सहमती मै नेत्रित्व चयन गरिएको छ ।
अब उक्त समुहले नै नगरकमिटीको नेत्रित्व बनाउने भएको छ । नगर समितीको निर्बाचन पछि क्षेत्रिय समितीको निर्बाचन हुने कार्यतालिका रहेको छ । गोदावरीमा क्षेत्रिय प्रतिनिधीमा पनि भाट समुह कै बहुमत सदस्यहरुले जितेका छन । यदपी गौरीगंगा र चुरेको गणित पनि क्षेत्रिय समिती बनाउन निर्णायक बन्ने देखिन्छ । भाट पक्षिय नेताहरुले क्षेत्रिय समिती पनि आफुहरु कै समुहले बनाउने दाबी गरेका छन ।
गोदावरीमा बिगत देखी नै काँग्रेस दुई समुहमा बिभाजित हुँदै आएको थियो । भाट नेत्रित्वको समुहमा काँग्रेसका पूर्व केन्द्रिय सदस्य सुनिल कुमार भण्डारी ,बिरेन्द्र भट्ट उत्तमा कठायत लगाएतका नेताहरु छन । यस्तै काँग्रेसको अर्को समुहमा डा लक्ष्मीराज पाठक ,दिनेशराज जोशी ,पदमराज भट्ट , हेमप्रकाश उप्रेती लगाएतका नेताहरु छन । तर पाठक सहित उनका समुहका धेरै नेताहरु वडा मै पराजित भएका छन ।