अत्तरिया - कैलालीको गोदावरी नगरपालिकमा लामो समयदेखी कांग्रेस २ समूहमा रहदै आएको छ । स्थानिय तहको निर्वाचन पछि त झन दुवै समूह खुलेरै एक अर्काका बिरुद्धमा लागेका छन् ।
गोदावरीमा काग्रेस कैलालीका पूर्व जिल्ला सभापति दिर्घराज भाट , उत्तम कठायत , बिरेन्द्र भट्ट, बसन्त रोकाया , टिकादत्त जोशी एक समूहमा रहेका छन् भने डा. लक्ष्मीराज पाठक , सुरत कार्की , लोकराज पाण्डे आगो , हेमप्रकास उप्रेती , तेज खड्का लगाएतको एक समूहमा रहेका छन् । आफ्नो समूहको नेतृत्व गरिरहेकाहरु अहिले वडामा पराजित भएका छन् ।
नेपाली कांग्रेसको १४ औँ महादिवेशन अन्र्तगत गोदावरी नगरपालिका वडा नं ६ मा आईतवार भएको निर्वाचनमा एउटा समुहको नेतृत्व गरेका डा. लक्ष्मी राज पाठक पनि वडामै पराजित भएका छन् । वडा नं ६ मा खुल्ला तर्फ क्षेत्रिय प्रतिनिधिका उमेद्धवार रहेकामा डा. पाठक पराजित भएका हुन् । उनले ९५ मत प्राप्त गरेका थिए ।
वडा नं ६ मा भाट प्यानलका मान बहादुर बिष्ट पुरै टिम सहित बिजयी भएका छन् । खुल्ला तर्फ क्षेत्रिय प्रतिनिधिका १० जनामा बिष्ट प्यानलकै उमेद्धवारहरु बिजयी भएका छन् ।
सभापतिमा बिष्टले आफ्ना प्रतिद्धन्दी शंकर खड्कालाई ४४ मतले पराजित गरेका हुन् । भाट पक्षका टिकादत्त जोशी र पाठक पक्षका हेमप्रकास उप्रेती र तेज खड्का पनि वडामै पराजित भएका छन् ।