अत्तरिया - कैलालीको गोदावरी नगरपालिकामा काग्रेसको वडा अधिबेशनहरु भैरहेको छ । नगरपालिकाका ३ वटा वडामा सहमतिकै आधारमा वडा समिती र क्षेत्रिय प्रतिनिधि चयन भएका छन् भने सहमति हुन नसकेको वडामा हिजो निर्वाचन सम्पन्न भएको छ ।
हिजो निर्वाचन भएका वडा मध्ये वडा नं १ मा वडा कार्यसमितिको मत गणना भैरहेको छ । वडा नं २ मा धनराज जोशीको टिम प्यानल सहित बिजयी भएको छ । सभापतिमा जोशीले आफ्ना प्रतिद्धन्दी विश्वनाथ ओझालाई १२ मतले हराउदै बिजयी भएका हुन् ।
उप सभापतिमा बिर बहादुर महरा १०४ मत र गणेश राज भट्ट ८६ मतका साथ बिजयी भएका छन् । यस्तै सचिबमा लक्ष्मण बि.क ९६ मत र सुधिर बलाएर ८७ मतका साथ बिजयी भएका छन् भने सहसचिबमा रमेश बोगटी १०५ मत र गगन पौडेल ८५ मतका साथ बिजयी भएका छन् । सदस्यहरुमा जोशीको पुरै प्यानल आएको छ ।
यसैगरि क्षेत्रिय प्रतिनिधिमा प्रेमराज भट्ट , दल बहादुर खड्का , यज्ञ महरा , चक्र बहादुर देउवा , मनिराम नौन्याल , पदमराज जोशी र डबल बहादुर साउँद निर्वाचित भएका छन् । वडा नं ३ मा भने सहमतिमै सभापतीमा नन्दलाल जोशी , उपसभापतीमा बेदप्रकाश पाण्डे ,सचिबमा शिवराज खत्री ,चक्र नागरी चयन भएका छन ।
यस्तै समितीको सह सचिबमा दिपक बहादुर खाती र शारदा खडका चयन भएका छन । वडा समिती २७ सदस्ययी बनेको सचिब शिवराज खत्रीले जानकारी दिए । यस्तै उक्त वडाबाट १५ जना क्षेत्रिय प्रतिनिधी र ३ जना नगर प्रतिनिधी चयन भएका छन ।
वडा नं ४ मा शालिभान रावलको टिम प्यानल सहित बिजयी भएको छ । सभापतिमा राबलले आफ्ना प्रतिद्धन्दी शोवान सिह मल्ललाई पराजित गर्दै बिजयी भएका छन् । रावलले १ सय ३२ मत पाउँदा उनका प्रतिनिधि मल्लले ९५ मत पाएका छन् । उप सभापतिमा खडक बहादुर मल्ल र कमल बहादुर धामी निर्वाचित भएका छन् ।
यस्तै सचिबमा यज्ञराज जोशी र बम बहादुर महरा निर्वाचित भएका छन् भने सह सचिवमा हेमन्त गुरुङ र मान बहादुर साउद निर्वाचित भएका छन् । यस्तै सदस्यहरु र क्षेत्रिय प्रतिनिधिमा राबल प्यानलवाटै निर्वाचित भएका छन् ।
वडा नं ५ मा सिद्धराज भट्ट सभापतिमा निर्वाचित भएका छन् । भट्टले आफ्ना प्रतिद्धन्दी मोहन सिह मडौलाई पराजित गर्दै बिजयी भएका हुन् । यसैगरि उपसभापतिमा जगत रानाथारु, तारादत्त भट्ट निर्वाचित भएका छन् ।
यस्तै सचिवमा यज्ञराज अवस्थी र दिलिप कुमार भट्ट निर्वाचित भएका छने भने सहसचिवमा यक्षराज भट्ट र नरेन्द्र प्रसाद अवस्थी निर्वाचित भएका छन् । वडा नं ६ मा आज निर्वाचन भैरहेको छ । क्रियशिल सदस्यता बिवाद आएपछि अहिले बिहान ९ बजेदेखी ६ नं वडामा निर्वाचन भैरहेको हो ।
वडा नं ७ मा पनि सहमतिकै आधारमा टिकाराम बमको सभापतिमा चयन भएका छन् । यसैगरि वडा नं ८ मा पनि यस अघि वडा सभापति रहेका टेक बहादुर देउवा सर्बसम्मत रुपमा वडा सभापतिमा चयन भएका छन ।
वडा नं ९ मा मेघनाथ रानाथारुको टिम प्यानल सहित बिजयी भएको छ । उनले आफ्ना प्रतिद्धन्दी जय बहादुर भाटलाई ८१ मतले पछि पार्दै बिजयी भएका हुन् । रानाथारुले १ सय १२ मत प्राप्त गर्दा भाटले भने ३१ मत मात्रै पाएका छन् ।
यसैगरि उपसभापतिमा मुकुन्द जोशी र भगवती राना निर्वाचित भएका छन् । यस्तै सचिवमा रामेश्वर ओझा र झलक बहादुर सिंह निर्वाचित भएका छन् भने सहसचिवमा कमल बोहरा र मोहित राना निर्वाचित भएका छन । यस्तै वडाका सदस्यहरु र क्षेत्रिय प्रतिनिधिमा रानाथारुको टिमवाट निर्वाचित भएका छन् । वडा नं १० मा देव बहादुर टमटा पुरै प्यानल विजयी भएका छ ।
सभापतिमा टमटाले आफ्ना प्रतिद्धन्दी भोजराज भाटलाई २५ मतले पराजित गरेका छन् । टमटाले ७६ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी भाटले ५१ मत पाएका छन् । उपसभापतिमा कमल सिह ऐर र नरेश कुमार ठकुन्ना निर्वाचित भएका छन् ।
यसैगरि सचिवमा शेर बहादुर तामाङ र भिम बोगटी निर्वाचित भएका छन् भने सह सचिवमा डम्बर बहादुर बोहरा र महेश कुमार मल्ल निर्वाचित भएका छन् । यसैगरि वडा र क्षेत्रिय प्रतिनिधिमा टमटा प्यानलबाटै विजयी भएका छन ।
वडा नं ११ मा गणेश खड्काको पुरै प्यानल नै निर्बाचित भएको हो । सभापतिमा खड्काले आफ्ना प्रतिद्वन्धी कुमार बडैला भन्दा १४ मत बढी ल्याएर निर्बाचित भएका हुन । उनले ४३ मत पाएका थिए भने बडैलाले २९ मत मात्रै पाएका थिए ।
यस्तै उपसभापतीमा केशर बहादुर कुँवर र डबल बहादुर बिक निर्बाचित भएका छन । वडा कमिटीको सचिबमा भने कर्ण बहादुर कुँवर र अर्जुन मलासी निर्बाचित भएका छन । त्यस्तै सह सचिबमा हस्त बहादुर रावल र कर्ण बहादुर थापा निर्बाचित भएका छन ।
र अन्तमा वडा नं १२ मा कैलाश विकको टिम प्यानल सहित निर्वाचित भएका छ । सभापतिमा विकले आफ्ना प्रतिद्धन्दी उजिर सिह बडैलालाई ७ मतले हाराएका हुन् । उपसभापतिमा थिर बहादुर कार्की र पदम राज जोशी निर्वाचित भएका छन् ।
सचिवमा प्रकाश रोकाया र तेज बहादुर भण्डारी निर्वाचित भएका छन् भने सहसचिवमा शेर बहादुर बुढा र लक्ष्मण ओझ निर्वाचित भएका छन् ।