अत्तरिया - कैलालीमा नेपाली काग्रेसको वडा अधिबेशन आजवाट सुरु हुदैछ । नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत जिल्लामा लामो समयपछि वडातहको अधिबेशन आजवाट हुन लागेको हो ।
यता कैलालीको गोदावरी नगरपालिकाका केही वडामा सहमति जुटेपनि धेरै जसो वडामा २ टिम प्यानल सहित चुनाबी मैदानमा उत्रिएका छन् ।
१२ वटा वडा रहेको गोदावरी नगरपालिकाका २ वटा वडामा सहमतिकै आधारमा वडा कार्यसमति चयन गरिएको भएपनि १० वटा वडामा सहमति हुन नसक्दा २ टिम आफ्नो अप्यानल सहित चुनाबी मैदानमा उत्रिएका हन् ।
गोदावरी नगरपालिकामा बिगत देखी नै काग्रेसको दुई गुट रहदै आएको छ । स्थानिय तहको निर्वाचन देखी त झन दुवै गुट एक अर्कालाई आरोप प्रत्यारोप लगाउदै एकअर्कालाई सिध्याउने पक्षमा रहेका छन् ।
गोदावरी नगरपालिकामा अहिले स्थानिय तहको निर्वाचनका बेला नगरप्रमुखका उमेद्वार बनेका बिरेन्द्र भट्ट र नेता सुरत कार्कीका दुईवटा गुटहरु प्रष्ट रुपमा देखिएका छन् । अहिले यही गुटवाट दुई वटा प्यानल समेत बनेका छन् ।
आज हुने वडा अधिबेशनमा गोदावरी १ मा शिव राज जोशी र डण्डी राज भट्ट वडा सभापतिका लागि प्यानल सहित चुनावी मैदानमा रहेका छन् भने वडा नम्बर २ मा धन राज जोशी र विश्व नाथ ओझाको टिम प्यानल सहित मैदानमा रहेका छन् ।
यसैगरि वडा नम्बर ३ मा सहमति जुटेको छ । त्यहाँ वडाको सभापतिमा नन्द लाल जोशी सहितको टिम सर्वसम्मत चयन भएका छ । यसैगरि वडा नं ४ मा शोवान सिह मल्ल र शालीभान रावलको टिम , वडा नम्बर ५ मा मोहन सिह मडै र सिद्ध राज भट्टको टिम , वडा नम्बर ६ मा शंकर खड्का र मान बहादुर बिष्टको टिम प्यानल सहित चुनावि मैदानमा रहेका छन् ।
वडा नं ७ मा टिकाराम बमको सभापतिमा चयन भएपनि अन्यमा भने चुनाब हुने भएको छ । यसैगरि वडा नं ८ मा पनि चुनाब नहुने भएको छ ।
त्यहाँ पनि यस अघि वडा सभापति रहेका टेक बहादुर देउवा सर्बसम्मत रुपमा वडा सभापतिमा चयन भएका छन् ।
वडा नं ९ मा मेघ नाथ राना र जय भाटको टिम , वडा नम्बर १० मा देव सिह टमटा र भोज राज भाटको टिम , वडा नं ११ मा कुमार सिह बडैला र गणेश खड्काको टिम र वडा नं १२ मा कैलाश विक र उजिर सिह बडैलाको टिम प्यानल सहित चुनावी मैदानमा रहेका छन ।
सहमति हुन नसकेका वडामा आज वडा अधिबेशन हुने भएको हो । जसका लागि वडा वडामा निर्वाचन अधिकृत खटिसकेका छन् । चुनाब बिहान ८ बजेवाट सुरु हुने नेपाली काग्रेस गोदावरी नगरकमिटिले जनाएको छ ।