अत्तरिया - युवाहरुको जमातमा निकै लोकप्रिय नाम हो जगतराम महरा । उनलाई अत्तरिया क्षेत्रमा साना केटाकेटी देखी बृद्धबृद्धाहरु सबैले मन पराउछन् । मन पराउनुको कारण उनले आफ्ना लागि कहिले सोचेनन र सोच्दैनन पनि ।
कैलालीको गोदावरी नगरपालिका वडा नं २ बनखेतमा बस्दै आएका महरा बिधार्थीको हकहितका लागि लड्दै उनीहरुका हरेक समस्याको समाधान निकाल्दै राजनितिमा प्रवेश गरेका हुन् । सामान्य परिवारमा हुर्केका उनले नेविसंघको राजनिति गर्दा कहिले पदको लोभ गरेनन् ।
युवाहरुको माझँमा जो लोकप्रिय हुन्छ उसलाई सबैले आफुतिर तान्ने हरप्रयास गर्दछन् । तर महरा एक यस्ता युवा हुन् उनलाई जो कसैले पनि जति सुकै प्रलोभन देखाए पनि उनी कहिले पछि हटेनन् ।
आज भन्दा ४÷५ बर्ष पहिले जब उनी अत्तरियामा रहेको दुर्गालक्ष्मी क्याम्पसमा अध्ययन गर्दथे , उनलाई आफ्नो पढाईको भन्दा बिधार्थीहरुका समस्याको बढी चिन्ता हुन्थ्यो । उनले हर सम्भव सबै बिधार्थीहरुलाई एकजुट बनाएर क्याम्पसमा भएका कमी कमजोरी देखी लिएर बिधार्थीहरुका हरेक समस्यासंग उनी बोल्दथे ।
उनलाई सबैको साथ र समर्थन हुदाँ उनी जुनसुकै समस्या पनि टार्न सफल हुन्थ्ये । अहिले पनि उनी सो क्याम्पसका समस्याहरुका बिषयमा निकै चिन्तित रहने गरेका छन् । उनी अहिले पनि कोही बिधार्थीहरुलाई समस्या पर्दा दिनरात नभनि आर्थिक , भौतिक जे वाट भएपनि समस्या समाधान गर्न लाग्छन् ।
महरा जि . पि. कोइराला लोकतन्त्र सम्बद्र्धन केन्द्र कैलालीका अध्यक्ष हुने भने अत्तरिया क्षेत्रका बिभिन्न सामाजिक संघसंस्थाहरुमा आबद्ध रहेका छन् ।
उनी कोरोनाको महामारीका बेला आफ्नो ज्यानको प्रवाह नगरि अत्तरिया चोकमा युवारुको समूह जम्मा गरेर कोरोनाका बिरामीहरुलाई आवतजावतमा सहज बनाउन निशुल्क सवारी साधनको ब्यबस्ता गरेर खटिएका थिए ।
अहिले काग्रेसको १४ औँ महादिवेशन चलिरहेको छ । सुदूरपश्चिमका सबै जिल्लाहरुमा वडा अधिबेशनहरु सम्पन्न भएपनि क्रियशिल सदस्यता बिवादका कारण कैलालीमा हुन सकेको थिएन । तर भोली २७ गते कैलालीमा पनि वडा अधिबेशनहरु हुदैछन् ।
यही वडा अधिबेशनमा महराले पनि गोदावरी नगरपालिका वडा नं २ वाट सचिब पदमा उमेद्वारी दिएका छन् । वडामा नेतृत्वका लागि सहमति जुट्न नसक्दा अहिले २ टिम चुनाबी मैदानमा रहेको छ । महराले पनि एक टिमवाट सचिब पदमा उमेद्वारी दिएका हुन् । उनी अहिले क्रियशिल सदस्यहरुको घर घरमा पुगेर भोट माग्दै चुनावीको प्रचार प्रसारमा लागेका छन् ।
उनले अग्रहहरुलाई सम्मान युवाहरुलाइै प्रोत्सहान भन्ने उद्देश्यका साथमा आफ्नो उमेद्वारी रहेको बताएका छन् । उनले अहिले सम्म सबैले आफुलाई साथ , सहयोग दिएकोमा यस वडा सचिबमा आफ्नो अमूल्य मत दिएर जितानेछन् भन्नेमा ढुक्क रहेको बताएका छन् ।
उनले आफुले जितेपछि वडा नं २ का सम्पूर्ण काग्रेस आस्थावान युवाहरुलाई एक ठाउँमा ल्याएर पार्टीलाई मजबुत बनाउनमा लाग्ने उनले प्रतिबद्धता जनाएका छन् । उनले आगमी निर्वाचनमा वडा नं २ लाई काग्रेसीमय बनाउन आफु कटिबद्ध भएर लाग्ने समेत बताएका छन् ।
हाम्रालाई भन्दा राम्रा युवाहरुलाई सबैले साथ दिनुपर्ने बताउदै आफुले गरेका कामहरुको सही मूल्याङकन गरेर भोग दिन वडा नं २ का सबै क्रियशिल सदस्यहरुलाई अनुरोध गरेका छन् ।