अत्तरिया - कैलालीको गोदावरी नगरपालिकामा नेपाली कांग्रेसको चुनाबी माहोल तातेको छ । १४ औं महाधिवेशन अन्र्तगत यही कात्तिक २७ गते हुने वडा अधिबेशनको चुनाबी माहोल तातेको हो ।
गोदावरीमा बिगत देखी नै देखिदै आएको २ वटा प्यानल अहिले पनि अधिबेशनमा प्रष्ट रुपमा देखिएका छन् । काग्रेस कैलालीका पूर्व सभापती दिर्घराज भाट पक्षिय समुह र महासमिती सदस्य लक्ष्मीराज पाठक समुह यति बेला अलग अलग प्रचारमा जुटेका छन् ।
१२ वटा वडा रहेको गोदावरीका कुनै पनि वडामा सहमति नहुदाँ दुई वटै प्यालन छुट्छुटै मैदानमा रहेका छन् । उनीहरु अहिले क्रियाशील सदस्यहरु घर घरमा पुगेर आफ्नो पक्षमा भोट मागिरहेका छन् । सबै वडामा आफ्नो जित हासिल गर्न दुबै पक्ष लागेका छन् ।
यस अघि पटक पटक मिति तोकिने तर वडा अधिबेशन भने अनिश्चत हुदाँ नेता तथा कार्यकर्ताहरु निराश बनेका थिए ।
अब भने २७ गते वडा अधिबेशन हुने पक्कापक्की भएपछि दुई प्यानलले आ आफ्नो उमेद्वारहरु तयार पारेर क्रियाशील सदस्यहरुलाई भेटिरहेका छन् । गोदावरी नगरपालिका वडा नं २ का सभापतिका उमेद्वार धनराज जोशीले अहिले आफुहरु घर दैलो अभियान गरिरहेको बताए ।
उनले आफ्ना सबै उमेद्वारहरु वडामा रहेका क्रियाशील सदस्यहरु घर घरमा पुगेर भोट मागिरहेको बताए । यस्तै अहिले उमेद्वारहरुले सामाजिक संजालवाट पनि आफ्ना लागि भोट मागिरहेका छन् ।
आफु उमेद्वार रहेका र आफुलाई भोट दिन भन्दै सबै उमेद्वारहरु फेसबुकवाटै भएपनि भोट माग्नमा ब्यस्त रहेका छन् ।
गोदावरी सबै वडाहरुमा आफ्नो जित निश्चित रहेको दुवै प्यानलले दाबी गरिरहेका छन् । यसअघि क्रियाशील सदस्यता विवादका कारण अन्य जिल्लामा वडा अधिबेशनहरु सम्पन्न भएपनि कैलालीमा हुन सकेको थिएन ।