अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं २ तेघरीमा दोस्रो राजधानी वडा कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
नेपालीहरुको महान चार्ड दिपावलीको अबसरमा राजधानी टोल सुधार समितिको आयोजनामा यही कात्तिक १३ गतेवाट सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।
सो प्रतियोगिताको उपाधि गोदावरी नगरपालिका वडा नं ४ हाटखोलीले हात पारेको छ । निकै प्रतिस्पधात्म भएको आजको अन्तिम फाईलन खेलमा गोदावरी ५ गेटाको टिमलाई हराउदै हाटखोलीले उपाधि हात पारेको हो ।
५ सेटमा भएको खेलमा गोदावरी नगरपालिका वडा नं ४ हाटखोलीले ३–१ सेटका साथ बिजयी भएको छ । उपाधिसंगै हाटखोलीको टिमले नगद रु ३० हजार सहित ट्रफि , मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपबिजेता बनेको गेटाको टिमले नगद रु १५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
वडाका स्थानिय खेलाडीहरु मात्रै सहभागी हुने गरि आयोजना गरिएको उक्त प्रतियोगितामा १२ वटा टिमको सहभागीता रहेको थियो ।
बिजेता टोलीहरुलाई कार्यक्रमका प्रमुख अतिथी गोदावरी २ का वडा अध्यक्ष कृष्णराज जोशीले नगद , ट्रफि र प्रमाण पत्र प्रदान गरेका थिए । नकाउट चरणमा भएको प्रतियोगिता राजधानी टोल सुधार समितिको तेघरी स्थित आफ्नै खेल मैदानमा खेलाइएको थियो ।
राजधानी टोल सुधार समितिका अध्यक्ष सुधिर बलाएरको सभापतित्वमा सम्पन्न भएको समापन कार्यक्रममा गोदावरी २ का वडा अध्यक्ष कृष्णराज जोशी प्रमुख अतिथी रहेका थिए ।
प्रतियोगिताका संयोजक प्रकाश बोहराले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन सिद्ध बोहराले गरेका थिए ।