अत्तरिया -नेकपा एमालेका सुदुरपश्चिम इन्चार्ज लेखराज भट्टले केपी ओली नेतृत्व को सरकारले गरेको संसद बिघटन अहिले आएर सही भएको बताएका छन । उनले गोदावरी नगरकमिटीको प्रथम अधिबेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।
'तत्कालिन सरकारले जनता मा जनादेशमाको लागी जाने निर्णय गरेको कुरो अहिले सत्य साबित भएको छ,' भट्टले भने,' अहिले न्यायलयमा ह्रेर्नुस आन्दोलन छ,न्यायधिशहरु बार भित्रै झगडा गर्न थालेका छन।' पूर्वम्नत्री समेत रहेका भट्टले केपी ओली राष्ट्रबादी नेता भएकाले आफुले ओलीको पक्ष लिएको प्रष्ट पारे । उनले अहिलेको एमाले पुरानो नभएर नयाँ भएको बताए ।
'अध्यक्ष ले भन्नु भएको छ, एमाले जेठ २ को पनि जेठ ३ को पनि हो,' भट्टले भने,' अहिले एमालेमा कोही पूर्व एमाले पनि छैनन कोही पूर्वमाओबादी पनि छैनन। एमाले निती बिचार को हिसाबमा नयाँ हो प्राबिधिक रुपमा नाम एमाले होला ।'
नेता भट्टले माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डलाई दम्भी, अंहकारी नेता भएको बताए । 'भन्न त प्रचण्डले ओलीलाई अंहकारी, दम्भी ,प्रतिगमनकारी भन्ने गर्दछन तर उनी आगो सँग नखेल्नु भन्दै हिनेका छन,' भट्टले भने,' अनी यस्तो भन्दै हिन्ने मान्छे दम्भी होइनन र ?'
पूर्वमाओबादीका नेता समेत रहेका भट्टले अब माओबादी केन्द्र बिघटन हुने बताए । माओबादी केन्द्रका अध्यक्ष प्रचन्डले बादललाई मैले बनाए लेखराजलाई मैले बनाए भन्दै हिनेका छन । उनले हामीलाई बनाए ठिकै छ तर प्रचण्डलाई कसलाई बनाएका हुन उनले यसको जबाब पनि दिनुपर्ने भट्टको भनाई रहेको छ ।
भट्टले ओली सरकारले राम्रो काम गरेको देख्न नसकेपछि माधव नेपाल र प्रचण्डको गठबन्धन भएको आरोप लगाए । 'अब अहिले शेर बहादुर देउबालाई राष्ट्रबादी नेता भन्दै उनको नेत्रित्वमा सरकार बनाएर गठबन्धन बनाएका छन,' भट्टले भने,' माओबादी नेताका टाउको को मुल्य ५० लाख तोक्ने देउबा सँग माओबादी को गठबन्धन सरकार बनेको छ । यही हो त बाम गठबन्धन सरकार ।'
उनले माओबादीले आफुलाई सांसदबाट हटाएर कैलाली क्षेत्र नम्बर ४ का जनताको अधिकार छिनेको आरोप लगाए । उनले अब यसको जबाब आउंदो चुनाव प्रचण्डलाई जनता दिनुपर्ने बताए ।
गेटा मेडिकल कलेज विश्वबिधालय
पूर्वमन्त्री भट्टले गेटा मेडिकल कलेजलाई मेडिकल विश्वबिधालय बनाउन पहल गर्ने बताए । निर्माण कार्य सकिएको छ तत्कालिन ओली सरकारले मेडिकल विश्वबिधालय काम शुरु गर्दै थियो त्यो सरकार ढलीहाल्यो भट्टले भने अहिले पनि मैले सबै सँग सर सल्लाह गर्दै छु । कसैले केही बनाउछौ कसैले केही बनाउँछौ भन्दै छन तर मेडिकल विश्वबिधालय नै बनाउनु पर्दछ ।