अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको पि.के पोल्ट्री एण्ड फिड सप्लायर्सका संचालक प्रेमराज भट्टले अत्तरियाको महिला तथा बालबालिका सेभ हाउसलाई खाध्यन्न र शैक्षिक सामाग्रीहरु सहयोग गरेका छन् । भट्टले आज एक कार्यक्रमका बिच पि.के पोल्ट्री एण्ड फिड सप्लायसको दोस्रो बार्षिक उत्सबको अबसर पारेर महिला तथा बालबालिका सेभ हाउसलाई खाध्यन्न र शैक्षिक सामाग्रीहरु सहयोग गरेका हुन् ।
भट्टले तिहारको दिन सबैले मिठो मसिनो खाईरहेका बेला घरपरिवारवाट टाढा रहेका अनाथ बालबालिका र महिलाहरुका लागि भनेर ८ कि.लो मासु सहित चामल , दाल , नुन , तेल ,मसला लगाएतका खाध्यान्न समाग्रीहरु र अध्ययनका लागि कापी , कलम लगाएतका शैक्षिक सामग्रीहरु सेभ हाउसकी अध्यक्ष जानकी मलासीलाई हस्तान्तरण गरे ।
आज सुदुरपश्चिमेलीहरुको महान चार्ड वल्के पर्व पनि रहेको र आफ्नो सप्लायर्सको पनि बार्षिक उत्सब परेकाले फर्जुल खर्च नगरि अनाथ बालबालिकाहरुलाई थोरै भएपनि सहयोग गर्न पाउदा खुसी लागरेको संचालक भट्टले बताए ।
तिहारको दिन सेभ हाउसमा रहेका बालबालिकाहरुलाई के खुवाउने भनेर सोचिरहेका बेला निकै राम्रो सहयोग प्रदान गरेको भन्दै सेभ हाउसकी अध्यक्ष मलासीले भट्टलाई धन्यवाद दिइन् । उनले आगमी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताइन् ।
उक्त सेभ हाउसमा अहिले बुबाको मृत्यु भएका, आमाको मृत्यु, आमाबुबा दुवै गुमाएका, बुवा बेपत्ता भएका, आमा बुबा विभिन्न अभियोगमा जेल जीवन बिताइरहेका, आमाको मृत्यु पछि बुबाले अर्को विवाह गर्दा सौतेनी आमाले बस्न नदिएका लगायतका समस्याबाट पीडित ३० जना बालबालिका छन् ।