अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं ६ लालपुरमा बृहत सास्कृतिक तथा जनचेतना मुलक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।
तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै स्थानिय दिप शिखा डान्स क्लबको आयोजना राष्ट्रिय कलाकारहरुको साथमा बृहत सास्कृतिक तथा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो ।
बिभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहेको दिप शिखा डान्स क्लबले हरेक बर्ष दशै तिहार तथा छठ पर्वको अबसरमा सुदूरपश्चिमको कला ,संस्कृतको जर्गेना र जनचेतना मुलक सन्देशहरु दिनका लागि कार्यक्रमको आयोजना गर्दै आएकोमा यस बर्ष तिहारको अबसर पारेर उक्त कार्यक्रम आयोजना गरेको थियो ।
गोदावरी नगरपालिका वडा नं ६ र ७ को संगम स्थल लालपुर गौडी चोकमा भएको उक्त कार्यक्रममा देशकै चर्चिक गायक गायिका संगै स्थानिय बिभिन्न प्रतिभाहरुका पनि प्रस्तुतीहरु राखिएको थियो ।
राष्ट्रकै चर्चित गायिका शान्ति श्री परियारले आफ्ना निकै चर्चामा रहेका गिताहरु बोल माया , गलबन्दी च्यात्तियो तिमले तानेर , रुकुमको हांगा माया , दातै तिम्रो भारी दिउँला जस्ता गितहरुमा सहभागीहरुलाई नचाएकी थिइन् ।
उनले जब गलबन्दी च्यात्तियो भन्दै गित गाउन सुरु गरिन तब कार्यक्रमममा सहभागी सम्पूर्ण लालपुरबासीहरु नाच्दै , रमाउदै झुम्न थाले ।
उनको गितमा मात्रै होइन चर्चित लोकपप गायक सुरेश चोखालले पनि जब आफ्नो गित जसुली जसाले गित गाउन थाले साना बालबालिका देखी बृद्धबृद्धाहरु पनि नाचेका थिए ।
यस्तै कार्यक्रममा सहभागी देउडा गायक सूर्य बिरही साउँदले पनि आफ्नो गित मार्फत सबैलाई मनोरञ्जन दिनुका साथै सहभागीहरुलाई देउडामा रमाएका थिए ।
यस्तै कार्यक्रममा गायक प्रेम बोहरासंगै दिप शिखा डान्स क्लब , क्युरिक्स डान्स स्टुडियो , वान वे डान्स क्याम्प , कोरियो भाइब डान्स हब लगाएतका स्थानिय बिभिन्न आर्कषक प्रस्तुतिहरु पनि राखिएको थियो ।
आयोजक दिप शिखा डान्स क्लबका अध्यक्ष दिर्घ साउँदको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिंह साउँद प्रमुख अतिथी रहेका थिए । यस्तै वडा नं ८ का वडा अध्यक्ष नरेश बहादुर अधिकारी बिशिष्ठ अतिथी रहेका थिए ।
उक्त कार्यक्रममवाट वडा नं ६ र ७ का अतिबिपन्न , गरिब परिवारलाई राहात बितरण समेत गरिएको थियो ।
कार्यक्रम मनोरञ्जनका लागि मात्रै नभएर समाजमा केही फरक सन्देश प्रवाह गर्नका लागि अतिबिपन्न ३२ परिवारलाई चामल , दाल , नुन , तेल लगाएतका खाध्यान्न सहयोग गरिएको अध्यक्ष दिर्घ साउँदले जानकारी दिए । कार्यक्रमको संचालन उद्धघोषक एबम पत्रकार हेमराज भट्टले गरेका थिए ।