अत्तरिया - नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरी कैलालीको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । अधिवशेनले २३ सदस्ययी नयाँ कार्य समिति चयन गरेको छ ।
अध्यक्षमा पुनः नरेन्द्रराज शर्मा चयन भएका हुन् । उपाध्यक्षमा प्रेम राज जोशी, महिला सह–उपाध्यक्षमा रचना साउँद, सचिवमा भुुपेन्द्र बहादुर चन्द, सह–सचिवमा विष्णा जोशी, कोषाध्यक्षमा कविराज भट्ट, सह–कोषाध्यक्षमा जानकी साहुु चयन भएका छन् ।
यस्तै गरी सदस्यहरुमा गणेश दत्त पन्त, केशवराज ओझा, सुरतबहादुर बोगटी, नन्दराम साउँद, टेकेन्द्र बहादुर सिंह, हिक्मतबहादुर चौधरी, अर्जुन भट्ट, सिद्धराज भट्ट, भरतबहादुर स्वाँर, रामबहादुर पार्की, भीमबहादुर विक चयन भएका छन ।
त्यस्तै महिला सदस्यहरुमा नन्दा भट्ट, टकेश्वरी शर्मा, विनिता चौधरी, मञ्जु रोकाया चयन भएका छन ।
अधिवेशको प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन कैलालीका जिल्ला अध्यक्ष तिलकबहादुर सिंह रहेका थिए ।
कार्यक्रमको विशेष्ट अतिथि गोदावरी नगरपालिका नगर प्रमुख हरिसिंह साउँद रहेका थिए ।कार्यक्रमको सञ्चाल नगेन्द्र नाथ योगीले गरेका हुन् । कार्यक्रममा कैलाली जनपुुष्तकालयका अध्यक्ष टिएन जोशी, जिल्लाका शिक्षक संगठन कैलालीका सचिव चक्रराज तिमिल्सेना लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए ।