बाजुरा – बाजुरा जिल्लाकोे प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा जनैपूणिमाको अघिल्लो दिन मुख्य पूजाआजा हुने गर्दछ । जिल्लाभित्र र बाहिरका तीर्थयात्री तथा पर्यटक सहित भक्तजनहरु प्रसिन्द्ध धार्मिक तथा पर्यटकीय स्थल नाटेश्वारी र बडीमालिका मन्दिरमा आजा पुजा गर्ने गरेका छन ।
यो वर्ष बडीमालीका मन्दिरको पुजा यहि साउन २९ गते लागेको थियो भने नाटेश्वरी मन्दिरमा साउन ३० गते जनैपूणीमाको दिनमा पुजा लागेको थियो । नाटेश्वारी मन्दिरमा १० हजार भन्दा बढी तिर्थयात्रुहरुले आफ्नो मनोआकांक्षा पुराहोस भने उदेश्यका साथ बोकाको पुजा गर्ने गरेका थिए ।
बडीमालीका मन्दिरको पुजा गर्नको लागि मित्र राष्ट भारतको उत्तरा खण्ड कुमाउ गडुवाल लगाएका टाढा, टाढाबाट तीर्थयात्री तथा पर्यटकहरु आएका थिए । औपचारिक पूजाआजाको परम्परा अनुसार छिमेकी जिल्लाहरु अछाम, डोटी, जुम्ला र कालिकोटबाट सरकारी पूजा टोली सहितका तीर्थयात्री बडीमालिकामा पूजाका लागि आउने गरेका छन ।
बडीमालिका पुग्न तोकिएका स्थानहरुमा बसेर १५ दिन लगाउनै पर्ने परम्परा रहेको त्रिवेणी नगरपालीका वडा न. ७ का स्थानीय बासी तथा बडीमालीका नाटेश्वारी पर्यटन प्रवद्धनका मुख्य अगुवा रतन बहादुर अयडीले बताए । त्रिवेणी नगरपालीका साविको कैलाशमाण्डौ गाविसमा पर्ने बडीमालिको विशिष्ट धामिर्क तथा पर्यटकीय महत्व बोकेको क्षेत्र हो । मागेको वरदान पूरा हुन्छ भन्ने विश्वासले बडीमालिकाको धामिर्क महिमा बढाएको अयडीले बताए ।
प्राकृतिक महत्व
मन्दिर भित्रको प्राकृतिक सुन्दरताले बडीमालिका नाटेश्वरीकाको महत्व अझ बढाएको छ । त्यस भित्रको अवलोकन गर्ने उद्देश्यले आन्तरिक तथा वाह्य पर्यटक बडीमालिक पुग्ने गर्छन् । २२ पाटन, त्रिवेणी र खेतीबेती धलपुरी ताल लौडी विनाई, नाग ढुङ्ग, बाशुधार, लगाएतका बडीमालिकाको मुख्य आकर्षण हुन् ।
करिब १४ हजार फिट उचाइका साथ समथर हरिया फाट र ती फाटमा फुलेका दर्जनौं प्रजातिका फूलको रमणियताले बडीमालिका प्रकृतिको अनुपम उपहार अनुभव हुने बताउँछन त्यहाँ पुगेका तिर्थयात्र डम्म बहादुर अयडी । ‘बडीमालिका प्रकृतिको दुर्लभ उपहार हो । त्यहाँ पुगेपछि जीवनका सारा कष्ट हराएको अनुभूति हुन्छ ।’
हरियाली समथल फाँट, त्यसमाथि फुलेका रंगीबिरंगी फूलहरु निकै मनमोहक र आकर्षक देखिन्छन् । यहाँ डाँफेमुनाल कस्तुरी, मृग घोरल लगायत चरा र जनावरहरु पाइन्छन् ।
धार्मिक महत्व
बडिमालिका धामिक रुपले पनि महत्वपूर्ण मानिन्छ । किम्वदन्तीअनुसार दक्ष प्रजापतिको यज्ञमा अर्धांगिनी सत्यदेवी होमिएर देहत्याग गरसिके पछि महादेवले सत्यदेवीको मृत शरीरलाई बोकेर पदयात्रा गर्दै जाँदा मल्लागिरी पर्वमा सत्यदेवीको बाया अंग झरेर पतन भएपछि मालिकादेवी उत्पत्ति भई बडीमालिका एक प्रमुख शक्तिपीठका रुपमा स्थापित भएको हो । यहाँ गंगा दसहरा र जनैपूणर््िामामा मेला लाग्ने गरेको छ । यो ठाउँमा हिउदमा सेताम्य हिउँ जम्ने गर्दछ ।
कसरी पुगिन्छ वडीमालिका
यातायात र अन्य सुविधाको अभावका कारण यो असजिलो गन्तव्य हो । सुदुरपश्चिम तथा मध्यपश्चिमम लगाएत , भारतको कुमहु गडवाल सम्मका यस बडीमालीमा मन्दिरमा दर्शन गर्न आउने गरेका छन । धनगढीबाट अछामको साँफेबगर हुँदै बाजुराको शेराबजार सम्म गाडीको सुविधा छ । त्यहाँबाट पैदलयात्रा मार्फत बडिमालिका पुग्न सकिन्छ ।
यसैगरी हवाईजहाजबाट जाने हो भने नेपालगन्जबाट बाजुरा विमानस्थल कोल्टी पुगिन्छ । कोल्टीबाट बाजुराको सदरमुकाम मार्तडी पुग्नुपर्छ भने मार्तडीबाट ३ दिनको उकालो हिडेपछि मालिका पुगिन्छ । अग्लो स्थानमा रहेका कारण यहाँ चिसो हुन्छ । स्लिपिङ ब्याग, पञ्जा, बाक्ला लुगाहरु र ड्राईफुडसहितको भारी बोक्ने कष्ट भने गर्नैपर्छ ।
पर्यटकीय गन्तव्यहरुको धनी सुदूरपश्चिम नेपालको भाषा, कला र संस्कृतिको प्रतिबिम्बमात्र होइन, पर्यटकीय गन्तव्यको खोजीमा भौतारिने स्वदेशी र विदेशीहरुका लागि अद्भूत भूस्वर्ग पनि हो । यो मन्दिरमा वर्षको एक पटक पुजा लाग्ने गर्द छ । पुजा साहुने जनै पुर्णीमाको दिनमा पुजा लाग्ने गरेको छ ।
वडीमालिकाको दर्शन पछि नाटेश्वरी अनिवार्य
नाटेश्वारी मन्दिर प्रकृतीक रुपले निकै भरी पुर्ण रहेको छ । यस मन्दिरमा बडीमालीका माताको दर्शन गरी सके पछी नाटेश्वरी मन्दिरको दर्शन अनिवार्य गर्नु पर्ने धार्मिक परमपरा अनुसार रहेको छ । यो मन्दिरमा वर्षको दुइ पटक पुजा गर्ने गरेका छन । एक पटक चैत्य अष्टमी र एक पटक जनै पुर्णीमाको दिमा पुजा लागने गरेको छ । बर्षेनि यो मन्दिरमा ४० देखि पचाँसहजार भन्दा बढी बोकाको बली दिने गरेको छ । नाटेश्वारी मन्दिरमा पुजा गर्दा मान्छको मनोकाक्षा पुरा हुने भने विश्वास रहेको छ । यो मन्दिर समुन्द्री सतहबाट १४ सय फिट उच्चाइमा रहेको छ ।
बडीमालिकाको विकासमा नगरपालिकाको भुमिका
त्रिवेणी नगरपालिकामा पर्ने बडीमालिकाको विकासको लागि स्थानिय निकायले प्रमुख प्राथमिकतामा राखेर काम गर्दै आएको छ । त्रिवेणी नगरपालिकका नगरप्रमुख रामसिह रावलले बडीमालीका, नाटेश्वरीलाई अवको पाँच वर्ष भित्र सुदुरपश्चिकै प्रसिन्द्ध धार्मीक तथा पर्यटकीय स्थलको रुपमा चिनाउने आफनो मुख्य उदेश्य रहेको बताएका छन ।
सुदुर पश्चिमकै एक महत्वपुर्ण धार्मिक तथा पर्यटकीय स्थल बडीमालीका नाटेश्वरी मन्दिरको दर्शन गर्ने आउने पर्यटक तथा भक्त जनहरुलाई ब्यवस्थीत गर्नको लागी त्रिवेणी नगरपालीकाले शान्ती सुरक्षा देखि लिएर भक्तजनहरुलाई उचित ब्यवस्थापन गरिरहेको बताएका छन । नगरपालिकाकाले बडीमालीका नाटेश्वरी मन्दिरमा दर्शनार्थी तथा पर्यटकहरु पहिलेको भन्दा दोब्बरले भित्र्याउने लक्ष छ ।