अत्तरिया - कैलालीको गोदावरी नगरपालिकामा नेकपा एमालेका वडा अधिबेशन सुरु भएको छ । हिजो नगरपालिकाका १२ वटै वडामा अधिबेशनको उद्धघाटन गरिएको हो । पार्टी केन्द्रको सर्कुलर अनुसार सबै वडामा सहमती कै आधारमा नेत्रित्व चयन भैरहेको छ ।
गोदावरी नगरपालिका १२ वटा वडा मध्ये ८ वडामा सर्वसम्मत नेतृत्व चयन भएको भैसकेको छ । गोदावरी नगरपालिकाको वडा नम्बर २ , ३ , ६ , ८ , ९ , १० , ११ र १२ मा सहमती मै नेत्रित्व चयन गरिएको छ ।
वडा नम्बर ७ मा ४ जना सर्वसम्मत भएका छन् भने अध्यक्ष चयन हुन भने बाकिँ रहेको नेकपा एमाले गोदावरी नगरसचिब आनन्द भट्टले जानकारी दिए । वडा नं २ को अध्यक्षमा डम्बर साउँद चयन भएका छन् ।
जसको उपाध्यक्षमा करन बि.क , सचिबमा भुवनेश्वर भट्ट , उप सचिबमा सरिता सुनार बि.क र गणेश थापा चयन भएका छन् । वडा नं ३ को अध्यक्षमा बिरेन्द्र अबस्थी चयन भएका छन । उपाध्यक्षमा बिष्णु माया बुढा , सचिबमा पुष्पा भट्ट पनि सहमती मै चयन भएका छन । कमिटीको सह सचिबमा भाबना ओझा र दिपक रावल चयन भएका छन ।
यस्तै वडा नं ६ को अध्यक्षमा सन्तोष सिंह , उपाध्यक्षमा रतन नेपाली, सचिबमा इश्वरा देबी शाही , उपसचिबमा दिपक कठायत र मीना जोशी चयन भएका छन भने वडा नं ८ को अध्यक्षमा गोविन्द चौधरी , वडा नं ९ को अध्यक्षमा संजन ठकुल्ला चयन भएका छन् ।
यस्तै वडा नं १० को अध्यक्षमा झंकर सिं कोली , उपाध्यक्ष धन बहादुरु ताम्राकार , सचिब भिम बि.क , उप सचिब बिमला कठायत र सुन्दर लाल चौधरी चयन भएका छन् । यसैगरि वडा नं ११ को अध्यक्षमा लोक बहादुर कोली र वडा नं १२ मा नन्द सिं बि.कको अध्यक्षमा चयन भएका छन् ।
प्रत्येक वडामा ३५ सदस्यीय वडा कमिटि चयन भएको हो । वडा नम्बर १ मा वडा कमिटी अध्यक्षका आँकाक्षी धेरै भएपछि नेत्रित्व चयन हुन सकेको छैन ।
वडा नम्बर ४ मा पनि ७ जनाले अध्यक्षमा दाबी पेश गरेको बताइएको छ । यी वडाहरुमा आज सहमतिमै नयाँ नेतृत्व चयन गरिने नेकपा एमाले गोदावरी नगरकमिटिले जनाएको छ ।