अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं २ तेघरीमा जारी तेस्रो संस्करणको गौरीशंकर फुटबल प्रतियोगिताको उपाधी आयोजकले नै जितेको छ । यही कात्तिक ५ गतेवाट सुरु भएको प्रतियाोगिताको अन्तिम फाईनल खेलमा आर्दश युवा क्लब खमौरालाई हराउदै आयोजकको टिम बि ले नै उपाधी जितेको हो ।
गौरीशंकर टोल सुधार संस्थाको आफ्नै खेल मैदान भएको आजको फाईनल खेलमा आयोजक जिएसटी टिम बि २–० गोल गर्दै बिजेता बनेको हो । पहिलो हाफको १३ औँ मिनेटमा आयोजकका खेलाडी विकास पुनमगरले १ गोल गरेका थिए ।
त्यसपछि दोस्रो हाफको ५२ औ मिनेटमा आयोजककै तर्फवाट योगेन्द्र खड्काले एक गोल गरेपछि २ गोलपछि आयोजकले सहजै जित निकालेको हो । बिजेता बनेसंगै आयोजकको टिम बिले नगद रु ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको आदर्श युवा क्लबले २५ हजारमै चित्त बुझाउनेको छ ।
प्रतियोगीताको अवधिभरी सबैभन्दा बढी ६ गोल गरेका आयोजक टिम बि का खेलाडी योगेन्द्र खड्का सर्वाधिक गोलकर्ता बनेका छन् ।
यसैगरि उत्कृष्ट खेलाडी आदर्श युवा क्लबका कप्तान भरत टमटा , उत्कृष्ट गोलरक्षक आयोजकका नविन छत्याल, उदयीमान खेलाडी आयोजककै आयुष भण्डारी , उत्कृष्ट रक्षक आयोजकका खेलाडी गोकर्ण भट्टराई र उत्कृष्ट मिडफिल्डर आयोजककै रवि विष्ट बनेका छन् ।
उनीहरुले नगद रु २ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उनीहरु सबैलाई कार्यक्रमका प्रमुख अतिथी र बिशिष्ट अतिथीले नगद , ट्रफि , मेडल र प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।
गौरीशंकर टोल सुधार संस्थाका अध्यक्ष पदम राज ओझाको सभापतित्वमा आयोजित समापन कार्यक्रमका प्रमुख अतिथि पुर्व राष्ट्रिय सभा सत्तापक्षका नेता हिरादत्त भट्ट रहेका थिए भने गोदावरी नगरपालिका वडा नं २ का वडाध्यक्ष कृष्णराज जोशी र अत्तरिया खानेपानीका अध्यक्ष टिका दत्त जोशी बिशिष्ट अतिथी रहेका थिए ।
उक्त प्रतियोगितामा गोदावरी नगरपालिका सहित कैलालीका १२ वटा टिमले सहभागीता जनाएका थिए । कार्यक्रमको संचालन सचिब हेमराज भट्टले गरेका थिए ।