अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं २ तेघरीमा यही कात्तिक ५ गतेवाट सुरु भएको तेस्रो संस्करणको गौरीशंकर फुटबल प्रतियोगिता अन्र्तगत फाईनलमा आयोजक आयोजक गौरीशंकर टोल सुधार संस्था जिएसटी टिम बि र आर्दश युवा क्लब खमौरा भिड्ने भएको छ ।
११ गते हुने फाईलन खेलमा उपाधिका लागि दुवै टिम भिड्ने भएका हुन् । आज भएका सेमिफाइनल खेलमा आयोजक जिएसटी टिम बि र आर्दश युवा क्लब खमौराले फाईनलमा आफ्ना स्थान सुरक्षित गरेका हुन् ।
आजको पहिलो खेल आर्दश युवा क्लब खमौरा र रोेयल युवा क्लब खमौराका बिच भएको थियो । जसमा आर्दश युवा क्लब २–१ गोल गर्दै फाइनलको यात्रा तय गर्न सफल भएकोे हो । पहिलो हाफको ६ मिनेटमा आर्दशका तर्फवाट भरत टमटाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थियो ।
त्यसपछि फेरि पहिलो हाफकै १५ मिनेटमा आर्दशका खेलाडी सर्मम पाण्डेले दोसा्रे गोल गर्न सफल भएका थिए । २ गोल खाएपछि निकै दबाबमा आएको रोेयल युवा क्लबका तर्फवाट दोस्रो हाफको ९ मिनेटमा केशब डिसीले एक गोल फर्काए ।
तर जितका लागि त्यो गोल प्रयाप्त हुन नसक्दा रोेयल युवा क्लबले हार ब्यहोर्नुपरेको छ । यस्तै आजै भएको अन्तिम सेमिफाईनल खेलमा आयोजक गौरीशंकर टोल सुधार संस्थाको टिम बिले जित निकाल्दै फाईनलको यात्रा तय गरेको छ । आयोजकको टिम बि र ईन्द्रेणी युवा क्लब बिच भएको खेलमा ईन्द्रेणी युवा क्लबका तर्फवाट पहिलो हाफको ९ मिनेटमा यमन भट्टराईले गोल गरेका थिए ।
पहिलो हाफमै आयोजकको टिम बिका खेलाडीले रेड कार्ड पाएपछि ८ जना खेलाडीमै सिमित भएको थियो । एक गोल खाएको र त्यसमैमा ८ जना मात्रै खेलाडी हुदै निकै दबाबमा परेको आयोजकको टिम बिका तर्फवाट दोस्रो हाफको ८ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुञ्याएका थिए ।
दुवै टिमको १–१ बराबरी गोल भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलियो । पेनाल्टी सुटआउट पनि निकै रोमाञ्चक भयो । पहिलो पेनाल्टीमा पनि दुवै टिमवाट बराबरी भएपछि दोस्रो पटक भएको पेनाल्टी सुट आउटमा आयोजक १–० गोलका साथ बिजयी भएको हो ।
अब फाईलन खेल पर्सी ११ गते हुने भएको छ । बिजेता हुने टिमले नगद रु ५० हजार सहित ट्रफि , मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उप बिजेता हुने टिमले २५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । उक्त प्रतियोगितामा गोदावरी नगरपालिका सहित कैलालीका बिभिन्न १२ को टिमहरुको सहभागिता रहेको थियो ।