अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं २ तेघरीमा यही कात्तिक ५ गतेवाट सुरु भएको तेस्रो संस्करणको गौरीशंकर फुटबल प्रतियोगिता अन्र्तगत क्वार्टरफाइनलका खेलहरु सम्पन्न भएको छ ।
नेपालीहरुको महान चार्ड दशै तथा तिहारको पावन अबसरमा गौरीशंकर टोल सुधार संस्थाले आयोजना गरेको फुटबल प्रतियोगितामा आज अन्तिम क्वार्टरफाईनलको खेल सम्पन्न भएको हो ।
आज आयोजकको टिम ए र इन्द्रेणी युवा क्लब मौरीफाँटाबिच भएको अन्तिम क्वार्टरफाईनलको खेलमा इन्द्रेणी युवा क्लब २–० गोलको अन्तरले विजयी भएको छ । पहिलो हाफ बराबरी भएपछि दोस्रो हाफको केही बेरपछि इन्द्रेणी युवा क्लब मौरिफाटाका खेलाडी यमन भट्टराई पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए ।
१ गोल खाएपछि निकै दबाबमा आएको आयोजकको टिमले थुप्रै पटक गोल गर्ने प्रायास गरेपनि सकेन । खेलको ४० औँ मिनेटमा फेरि इन्द्रेणी युवा क्लब मौरिफाटाका खेलाडी तपेस रोकायाले गोल गर्दै टिमलाई सहजै रुपमा जिताएका हुन् ।
खेलको म्यान अफ द म्याच तपेस रोकाया भएका थिए । प्रतियोगिता अन्र्तगत भोली सेमिफाईनलका २ वटा खेलहरु हुने भएका छन् ।
भोलीको पहिलो सेमिफाईनल खेल आदर्श युवा क्लब खमौरा र रोयल युवा क्लब खमौराबिच दिउँसो १ बजे र अर्को खेल आयोजकको टिम बि र इन्द्रेणी मौरिफाँटाबिच ३ बजे हुने खेल संयोजक लोकेन्द्र साउँदले जानकारी दिए ।
फाईनल खेल १० गते हुनेछ । बिजेता टिमले नगद रु ५० हजार सहित ट्रफि , मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उप बिजेता हुने टिमले २५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । उक्त प्रतियोगितामा गोदावरी नगरपालिका सहित कैलालीका बिभिन्न १२ को टिमहरुको सहभागिता रहेको छ ।