अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं २ तेघरीमा दोस्रो वडा स्तरिय भलिबल प्रतियोगिता हुने भएको छ । नेपालीहरुको महान चार्ड दिपावलीको अबसरमा राजधानी टोल सुधार समितिको आयोजनामा यही कात्तिक १३ गतेदेखी १७ गते सम्म दोस्रो राजधानी वडा स्तरिय भलिबल प्रतियोगिता हुन भएको हो ।
आयोजक राजधानी टोल सुधार समितिले आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताका बारेमा जानकारी दिएको हो ।
करिब २ लाख खर्च लाग्ने उक्त प्रतियोगिताको प्रथम हुने टिमले नगद रु ३० हजार सहित ट्रफि , मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने द्धितिय हुने टिमले १५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
गोदावरी नगरपालिका भित्र रहेको भलिबलका खेलाडीहरुलाई प्रथमिकता दिदै १२ वटै वडावाट एक वा एक भन्दा बढी टिमहरु पनि सहभागी गराउन पाइने राजधानी टोल सुधार समितिका अध्यक्ष सुधिर बलायरले जानकारी दिए ।
नकआउट चरणमा खेलाइने प्रतियोगितामा सहभागीता जनाउनका लागि यही कात्तिक १० गते भित्र दर्ता गराइसक्नुपर्ने उनले बताए । टिम दर्ता शुल्क रु २५ सय राखिएको छ । टिम दर्ता गर्दा ९ जना खेलाडीहरुको नाम पेश गर्नुपर्ने र जर्सी अनिवार्य गरिएको उनले बताए ।
खेलाडीको नागरिकता वा बसाईसराई दुई मध्ये एक पेश गर्दै वडाको पनि सिफारिस अनिवार्य गरिएको छ ।
गोदावरी नगरपालिकाका सम्पूर्ण वडाबासी खेलाडीले आफ्नो बाहेक अर्को वडावाट खेल्न नपाइने र यदी खेलेको पाइएमा टिम नै नकआउट हुने अध्यक्ष बलाएरले बताए । राजधानी टोल सुधार समितिको आफ्नै खेलम मैदानमा खेलाइने प्रतियोगितामा उत्कृष्ट ३ जना खेलाडीहरुलाई बिबिध पुरस्कारको पनि ब्यबस्था गरिएको छ ।
खेलाडीहरुलाई सामान्य चोटपटक लागेमा प्राथमिक उपचार मात्रै गरिने र कुनै विबाद आएमा अन्तिम निर्णय आयोजककै हुने प्रतियोगिताका संयोजक प्रकाश बोहराले बताए ।
उनले प्रतियोगिताको तयारी भैरहेको बताए । गत बर्ष सोही ठाउँमा दशैको अबसरमा प्रतियोगिता सम्पन्न भएको थियो ।