कन्चनपुर -नेकपा माओबादीका सुदुरपश्चिम इन्चार्ज खगराज भट्टले अहिलेका सबै राजनितिक परिबर्तन माओबादीले ल्याएको बताएका छन । कन्चनपुरको कृष्णपुरमा पार्टीको नगरकमिटीको पार्टी कार्यालय उदघाटन गर्दै उनले सो कुरा बताएका हुन ।
'संघियता, समाबेशीता, धर्म निरपिक्षेता माओबादीको एजेन्डा हो, तर यो पुराना शाशकहरुलाई मन परेको छैन,' उनले भने,' त्यसैले अहिले केही पूर्व सचिबहरु माओबादी सकिए मात्रै देश बन्ने बताउँदै आएका छन ।' भट्टले माओबादीको नेत्रित्व मात्रै सरकार बने अहिलेको परिबर्तन संस्थागत हुने बताए । एमाले काँग्रेसको नेत्रित्वमा देश अगाडी बढन नसक्ने उनको जिकिर रहेको छ । उनले माओबादी धर्मको बिरोधी नभएको बताए ।
'अहिले सबैले आ- आफ्नो धर्म मानेको छन, माओबादी शान्ती प्रकृयामा आएपछि क- कसको घरमा पूजा रोकिएको छ र?,' भट्टले प्रश्न गरे,' काँग्रेस एमालेले माओबादीलाई धर्म बिरोधी भनेर कु प्रचार गरेका छन ।' भट्टले माओबादी पनि अली अली बिग्रेको भएपनी अब सच्चिएर अगाडी बढने बताए । 'हाम्रो पार्टीमा अरु पार्टीको जस्तो नेत्रित्वको बिबाद छैन,' भट्टले भने,' हाम्रो निती पनि प्रचन्ड हो ,नेत्रित्व पनि प्रचन्ड हो ।'
३३ जना माओबादी प्रबेश
कार्यक्रममा नेपाली काँग्रेस छोडेर ३३ जना माओबादी प्रबेश गरेका छन । कांग्रेस नेता बलराम पन्तलगायत का माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पन्त नेपाली कांग्रेस कञ्चनपुरका आमन्त्रित जिल्ला सदस्य हुन् ।पार्टी प्रबेश गर्नेहरुलाई इन्चार्ज भट्टले टिका लगाएर स्वागत गरे । कार्यक्रममा माओबादी पार्टी सुदुरपश्चिमका सह इन्चार्ज देबीलाल चौधरी ,पार्टी अध्यक्ष शरद सिं भन्डारी, प्रदेश सांसद महेश जोशी लगाएतको उपस्थिती रहेको थियो ।