यदि विश्वभरका सबै मानिस सधैंका लागि शाकाहारी भए यसको प्रभाव जलवायु, वातावरण, हाम्रो स्वास्थ्य र अर्थतन्त्रमा कस्तो पर्ला?
१. सन् २०५० सम्म विश्वभरका मानिस शाकाहारी भए बर्से्नि कम्तिमा ७० लाख जीवको ज्यान जोगिनेछ । पशुपन्छीबाट उत्पादन हुने खानेकुरा खाँदै नखाने हो भने बर्षेनी कम्तिमा पनि ८० लाख मानिसको जीवन जोगिनेछ ।
२. अक्सफोर्ड मार्टिन स्कुलको फ्युचर अफ फुड प्रोग्रामका अनुसन्धानकर्ता मार्को स्प्रिङ्म्यानका अनुसार खाद्य सामाग्रीबाट हुने ग्रिनहाउस ग्यास उत्सर्जन ६० प्रतिशत घट्नेछ । उत्सर्जनमा आउने यो कमी रातो मासु (रेड मिट)को उपभोग बन्द भएकाले हुनेछ । किनभने रातो मासु उत्पादन हुने पशुले मिथेन ग्यास उत्सर्जन गर्छन् ।
३. तर, यसबाट विकासशील राष्ट्रका किसान भने अत्यधिक प्रभावित हुनेछन् । किनभने शुष्क र अर्धशुष्क भूभागमा पशुपालन गरिन्छ । अफ्रिकामा सहारा मरुभूमिको दक्षिणी छेउ सहेलल्यान्डका बासिन्दा पशुपालनमा निर्भर छन् । विश्व नै शाकाहारी भए त्यहाँका बासिन्दा अन्यत्र विस्थापित हुनु पर्नेछ । यसो भए उनीहरूको सांस्कृतिक पहिचान संकटमा पर्नेछ ।
४. पशुचरनबारे फेरि एकपल्ट विचार गर्नुपर्ने हुन्छ । जलवायु परिवर्तनको असर घट्नेछ, वनजंगलमा यसको प्रभाव पनि कम हुनेछ र सन्तुलन कायम हुनेछ । किनभने शाकाहारी जनावर जोगाउन मांसाहारी जनावर मार्ने काम रोकिनेछ । लोपोन्मुख जैविक विविधता जोगिनेछ ।
५. पशुपालन र यो सँग जोडिएको उद्योगमा संलग्नहरूले नयाँ काम खोज्नुपर्नेछ । उनीहरू खेतिपाती, बायोऊर्जा र निजी वनतर्फ लाग्न सक्नेछन् । उनीहरू कुनै अर्को नोकरी वा पेसामा जान नसके बेरोजगारको संख्यामा ठूलो वृद्धि हुनेछ । यसले समाजमा द्वन्द्व निम्तिन सक्छ ।
६. जैविक विविधतामा पनि केही मात्रामा खराब प्रभाव पर्नेछ । भेडा चराइले शताब्दियौं देखि भूबनोटको स्वरुप÷आकार दिन सघाएको छ । त्यसमाथि पशुपालन गर्न चाहनेले कर तिर्नुपर्ने हुन सक्छ ।
७. विश्व नै शाकाहारी भए विभिन्न उत्सव र परम्पराहरू पनि प्रभावित हुनेछन् । किनभने विश्वका अधिकांश मानिसले मनाउने उत्सव÷पर्वमा मासु प्रयोग गरिन्छ । कतिपय समुदायमा त विवाह र उत्सवमा मासु वा मासुका लागि पालिने पशु उपहार दिने प्रचलन छ । क्याम्ब्रिज विश्वविद्यालयका बेन फिलोङका अनुसार यसैकारण विश्वलाई शाकाहारीमा परिणत गर्ने प्रयास सफल हुँदैनन् ।
८. मासुको खपत नहुँदा मुटु सम्बन्धी रोग, मधुमेह, मस्तिष्कघात र विशेष खालका क्यान्सरबाट पीडित हुने सम्भावना न्यून हुन्छ । यसो भए औषधि उपचारमा खर्च हुने विश्वभर जिडिपीको २–३ प्रतिशत रकम पनि जोगिनेछ ।
तर, हामीले पोषणका केही वैकल्पिक खानेकुराले मासुलाई विस्थापन गर्नुपर्छ । अहिले विश्वभर करिब दुई अर्ब मानिस कुपोषण ग्रस्त भएको अनुमान गरिन्छ । खाद्यान्नको तुलनामा मासु र यसबाट उत्पादित खानेकुराबाट धेरै पोषण प्राप्त हुन्छ । (बिबिसी)