अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं २ तेघरीमा आजवाट तेस्रो संस्करणको गौरीशंकर फुटबल प्रतियोगिता जिएसटी कप सुरु भएको छ । गौरीशंकर टोल सुधार संस्थाको आयोजनामा भैरहेको प्रतियोगिताको आज एक भब्य समारोहका बिच वडा नं २ का अध्यक्ष कृष्णराज जोशीले उद्धघाटन गरेका हुन् ।
आज भएको पहिलो उद्धघाटन खेलमा आयोजकको टिम जिएसटी एफसीले बिजयी सुरुवात गरेको छ । आज भएको आयोजक जिएसटी एफसी र राजधानी युवा क्लब बसन्तपुर बिचको पहिलो खेलमा ५–० गोलले रोयल युवा क्लबलाई पराजित गर्दै आयोजक जिएसटी एफसीले बिजयी सुरुवात गरेको हो ।
सुरु देखी नै दबाब राखेको आयोजक टिमका तर्फवाट जर्सी नं १२ का खेलाडी योगेन्द्र खड्काले ब्यक्तिगत ४ गोल गरेका हुन् । उनले खेलको ६ , १५ , ३५ र ६३ औँ मिनेटमा गोल गरेका थिए ।
यस्तै आयोजककै तर्फवाट जर्सी नं ७ का खेलाडी रवि बिष्टले ४१ औँ मिनेटमा एक गोल गरेका थिए । ब्यक्तिगत ४ गोल गरेका योगेन्द्र खड्का म्यान अफ द म्याच भएका छन् ।
आयोजक गौरीशंकर टोल सुधार संस्थाका अध्यक्ष पदमराज ओझाको सभापतित्वमा सुरु भएको प्रतियोगिताको उद्धघाटन कार्यक्रममा गोदावरी नगरपालिका कार्यपालिका सदस्य ईश्वरा आचार्य , वडा सदस्य पुष्पलाल खतिवडा र अत्तरियामा रहेको पदमा अस्पतालका संचालक डा. नर बहादुर मौनी बिष्टि अतिथी रहेका थिए ।
कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रमुख र प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । २ गतेदेखी हुने भनिएको खेल मौसममा आएको परिवर्तनका कारण ३ दिन पर सारिएको थियो ।
गौरीशंकर टोल सुधार संस्थाको आफ्नै खेलम मैदानमा संचालन भैरहेको प्रतियोगितामा गोदावरी नगरपालिका सहित कैलालीका बिभिन्न १२ को टिमहरुको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेता टिमले नगद रु ५० हजार सहित ट्रफि , मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उप बिजेता हुने टिमले २५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने खेल संयोजक लोकेन्द्र साउँदले जानकारी दिए ।
प्रतियोगिता नकआउटका आधारमा र फिफाको नियमवाट खेलाइने छ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद रु ५०० रुपैया प्रदान गरिने छ ।
खेलाडीहरुलाई सामान्य चोटपटक लागेमा प्राथमिक उपचार मात्रै गरिने र कुनै विबाद आएमा अन्तिम निर्णय आयोजककै हुने सह संयोजक धर्मराज जोशीले बताए ।