बाजुरा – बाजुराको त्रिबेणी नगरपालिका र बुढीगंगा नगरपालीको बिचमा रहेको अम्कोटमा बर्षात सुरु भएपछी पहिरो जादा सडक अवरुद्ध भएको छ । एक साता देखिको लगातार अभिरल बर्षात सँगै बुढिगंगा नदिमा पानी बढदै गएर त्रिबेणी नगरपालिका ९ पैमामा पहिरो खसेर बुढीगंगा नदी थुनिदा पहिरो गएको हो ।
पहिरोले साफेँ मार्तडी सडक खण्ड एक साता देखि अवरुद भएको बडीमालीका नगरपालीका ९ का वडा अध्यक्ष विनोद विकले भने बताए । ‘सडक अवरुद हुदाँ साना तथा ठुला दुरीका सवारी साधान बन्दा भएपछी यात्रुहरु अलपत्र परेका छन । यात्रुहरु अलपत्र पर्नुका साथै जिल्ला सदरमुका मार्तडी र कोल्टी बजारमा सामानको मुल्य निकै आकासीयको छ । अध्यक्ष विकले भने –‘ बजारमा सामानको मुल्य आकासीय पछी स्थानीय बासीहरुलाई सामन किन्न निकै समस्या परेको छ ।’
लगातार बर्षा सगै आएको पहिराले द्धवारीमा बुढिगंगा नदि थुनिय पछी पहिरोले सडक भत्काएको स्थानिय कासीराम पाध्यायले बताए । उनले भने–‘लगातार पहिरो बढदै गएपछि माथीबाट ठुला ढुङ्गा बिचमा आएर अडकिदै जादाँ नदि थुनियको हो ।’
गत बर्ष देखि नै पैमा गाँउ बाट लगातार पहिरो खसिरहेको छ, नदि एक छेउतिर गएपछि यता बुढिगंगा नगरपालिका १ अम्कोटको तल बाट पहिरो आए पछी साफेँ मार्तडी सडक खण्ड पहिरोले बगाएको स्थानिय दयारम थापाले बताए ।
यता बडीमालीका नगरपालीका नगरप्रमुख पदम बडुवाले भने पहिरोले सडक अवरुद हँुदा त्यसको सबै भन्दा मार जिल्ला सदरमुकाम बासी, बडीमालीका नगरपालीका र पुर्वीउत्तर भेगका जनताले खेपनु परेको हुदा अवरुद भएको सडक अबको केही दिनमै सुचारु गर्ने बताए ।
साँफे मार्तडी सडक खण्डमा गएको बर्ष पनि बर्षातको तिन महिना अबरोध भएको थियो । एक साता देखि पहिरोले सडक अवरुद गर्दा पनि सरकार राज्यले कुनै वास्था गरेको छैनन ।
पहिरोले झुलंगे पुल र खेत बगायो , १ सय परिवार पहिरोको जोखिममा
सडक संगै बुढीगंगा नदि थुनिएपछि नदि छेउको खेतियोग्य जमिन र झुलंगे पुल समेत बगाएको छ । पहिरोले नदि साघुरो बनाउदै गएको छ, जसले गर्दा नदि वरपरको खेत बगाउँदै गएको स्थानियले बताएका छन ।
पहिरोको सँगै जोडिएको त्रिवेणी नगरपालीका ९ पैमा र बुढीगंगा नगरपालीका १ अमकोटका एक सय बढी परिवार पहिरोको जोखिममा रहेका छन । परिरोको जोखिमका कारण केहि परिवार बिस्थापित समेत भईसकेका छन ।