अत्तरिया - प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी नेपालको कानुन भन्दा माथि नभएको बताएका छन् ।
लगातारको बर्षापछि आएको बाढी र पहिरोले सुदूरपश्चिमममा पुञ्याएको क्षतिको बिषयमा स्थालगत रुपमा निरक्षण गर्न सुदूरपश्चिममा आएका प्रधानमन्त्री देउवाले आज बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।
नेपालमा पछिल्लो समयमा निकै बहस भैरहको एमसीसी परियोजनाका बिषयमा बोल्दै प्रधानमन्त्री देउवाले एमसीसी नेपालको कानुन भन्दा माथि नभएकाले यो संसदबाट पारित हुने बताएका छन् । ‘एमसीसी पास हुन्छ ।
यसमा संशोधन गर्नुपर्ने केही कुरै छैन । एमसीसीको बारेमा झूठा प्रचार गरिएको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘विश्व बैंक र एसियाली विकास बैंकले दिने ऋण सहयोगमा नेपालको कानूनभन्दा अन्तर्राष्ट्रिय कानून लागू हुन्छ ।
एमसीसी त अनुदान हो । उनीहरुले नै यसमा नेपालकै कानून लागू हुने बताएका छन् ।’ यस्तै प्रधानमन्त्री देउवाले अर्ली इलेक्सन बारे सत्ता गठबन्धनका नेताहरुसँग छलफल गर्ने बताएका छन् ।
बैशाखमा अर्ली इलेक्सनको बहस चलिरहेको बेला पत्रकारहरुहरुले यसको सम्भावनाबारे सोधेको प्रश्नमा उनले गठबन्धनको सरकार रहेकाले आफु एक्लैले भनेर केही नुहने बताए ।
उनले यस बिषयमा गठबन्धनले जे निर्णय गर्छन त्यही हुने बताएका हुन् । यस्तै प्रधानमन्त्री देउवाले सुदूरपश्चिमका बाढी , पहिरो र डुृबानवाट प्रभावित भएकाहरुका लागि काठमाडौं फर्किएलगत्तै राहत प्याकेज घोषणा गर्ने बताएका छन् ।