धनगढी -नेकपा (माओवादी केन्द्र) ले ३३ मध्ये ३२ वटा केन्द्रीय विभागको नेतृत्व टुंगो लगाएको छ। आगामी पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलनको मिति तोकेको माओवादी केन्द्रले त्यसकै लागि सक्रियता देखाएको छ।
विहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सो टुंगो लगाएको प्रवक्ता कृष्णबहादुर महराले बताए। अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी वर्षमान पुनले पाएका छन्। यस्तै संगठन विभाग प्रमुखमा जनार्दन शर्मा छन्।
विदेश मामिला विभाग प्रमुख नारायणकाजी श्रेष्ठ, प्रचार तथा प्रकाश विभाग प्रमुख कृष्णबहादुर महरा, कृषि तथा भूमिसुधार विभाग प्रमुख हरिबोल गजुरेल, पार्टी स्कूल विभाग प्रमुख गिरिराजमणि पोखरेल, जलस्रोत तथा ऊर्जा विभाग लीलामणि पोखरेल, संघीय संसदीय विभागमा देव गुरुङ, उपभोक्ता हित संरक्षण विभागको नेतृत्व मात्रिका यादवले पाएका छन्।
राष्ट्रिय सुरक्षा विभागमा कृष्णबहादुर महरा, शहरी विकास विभागमा देवेन्द्र पौडेल, वन तथा वातावरणमा शक्ति बस्नेत, विज्ञान तथा प्रविधि विभागमा गणेश साह, उद्योग मामिला विभाग प्रमुख वामदेव क्षेत्री रहेका छन्।
त्यसैगरी कोष तथा आर्थिक विभाग प्रमुख डोरप्रसाद उपाध्याय, निर्वाचन विभाग प्रमुख खिमलाल देवकोटा, कानुन विभाग प्रमुख मुक्ति प्रधान, पर्यटन विभाग प्रमुख झक्कुप्रसाद सुवेदी, प्रादेशिक मामिला विभागमा परशुराम तामाङ र खानेपानी विभाग प्रमुख बीना मगरले पाएका छन्।
त्यस्तै पुस्तकालय तथ अभिलेख प्रमुख नारायणप्रसाद शर्मा, भौतिक पुर्वाधार विभागमा हरि अधिकारी, युवा तथा खेलकुद विभाग प्रमुख गणेशमान पुन, राजकीय मामिला विभागमा रेखा शर्मा, शिक्षा तथा मानवस्रोत विभागमा मायाप्रसाद शर्मा, श्रम तथा रोजगार विभागमा रामेश्वर राय यादव, समाज कल्याण विभागमा सत्या पहाडी, सहकारी तथा गरिवी विभागमा धर्मदत्त देवकोटाले नेतृत्व पाएका छन्।
त्यस्तै सामान्य प्रशासन विभागमा टेकबहादुर बस्नेत, साहित्य तथा कला विभागमा गोपाल ठाकुर, स्थानीय तह विभागमा उर्मिला अर्याल, स्वास्थ्य तथा जनसंख्या विभागमा कल्पना धमला र नीति अध्ययन प्रतिष्ठानको नेतृत्व रामचन्द्र झाले पाएका छन्। सबै विभागमा ३५ सदस्य रहने छन्।