अत्तरिया - प्रहरी सहायक निरिक्षक २०५५ समूहको २३ औँ बार्षिकोत्सबमा खाध्यान्न सहयोग गरिएको छ । बि.स २०५५ सालमा नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक पदमा जागिर खाएर नेपाल प्रहरीमा प्रवेश गरेका प्रहरीहरु मिलेर बनाइएको सो समूहले २३ बर्ष पुरा गरेको अबसरमा आईतबार अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउस र धनगढीको दृष्टी फाउण्डेशनमा खाध्यान्न सहयोग गरेका हुन् ।

हाल जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख रहेका प्रहरी उपरिक्षक एसपी विश्व अधिकारी , ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक डिएसपी प्रेम शाही सहितको उक्त समूहले आफ्नो २३ औँ बार्षिकोत्सबमा अनाथ एबम् असहाय तथा अभिभावक बिहिन रहेका महिला तथा बालबालिकाहरुलाई संरक्षण दिदै आएको महिला तथा बालबालिका सेभ हाउस र दृष्टी फाउण्डेशनमा खाध्यान्न सहयोग गरेका हुन् ।

प्रहरी सहायक निरिक्षक २०५५ समूहले बार्षिकोत्सबमा एक आपसमा खुसी साटासाट गर्दै सेभ हाउस र फाउण्डेसलाई चामल , दाल , तरकारी लगाएतका खाध्यान्न सहयोग गरेका थियो । सेभ हाउसमा आयोजिक एक कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख रहेका प्रहरी उपरिक्षक विश्व अधिकारीले सेभ हाउसकी अध्यक्ष जानकी मलासीलाई उक्त खाध्यान्न समाग्रीहरु हस्तान्तरण गरेका थिए ।

खाध्यान्न सहयोग पछि छोटो प्रतिकृया दिदै प्रहरी प्रमुख अधिकारीले २०५५ सालमा नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक पदमा जागिरमा खाएका सम्पूर्ण प्रहरीहरु मिलेर एक समूह बनाएको बताए । उनले २०५५ सालमा ६१० जना ले संगै जागिर खाएका एकै ब्याचका प्रहरीहरु मिलेर एक आपसमा भाईचारको सम्बन्ध स्थापित गर्न र पछि अबकाश पछि पनि संगै बिभिन्न कामहरु एक जुट रुपमा गर्नका लागि समूह स्थापित गरिएको बताए ।
उनले उक्त समूहले कुनै कानुनी मान्यता अनुसार नभई एकै ब्याचका उपलब्ध साथीहरु मिलेर हरेक बर्ष अनौपचारिक रुपमा बिभिन्न कार्यक्रमहरु गरेर बार्षिकोत्सब मनाउदै आएको बताए । उनले यस बर्ष कैलालीमा उपलब्ध भएकाहरु मिलेर एक आपसमा खुसीयाली साटासाट गर्दै सेभ हाउस र दृष्टि फाण्डेसनमा खाध्यान्न सहयोग गर्न पाउदँ निकै खुसी लागेको बताए ।
उनले यस समूहले समूहमा रहेका अन्य प्रहरी साथीहरुलाई आपतबिपदको बेलामा समय समयमा सहयोग गर्दै आएको बताए । अत्तरियाको महिला सेभ हाउस र धनगढीको दृष्टि फाउण्डेसले प्रहरीलाई पनि थुप्रै सहयोग गरिरहेको बताउदै उनले उनले संस्थाको प्रगतिको कामना गरेका छन ।

सेभ हाउसमा पुगेर २३ औँ बार्षिकोत्सबमा खाध्यान्न सहयोग गरेको भन्दै सेभ हाउसकी अध्यक्ष जानकी मलासीले देशका कर्मठ प्रहरी अधिकृतहरुलाई धन्यावाद दिएका थिइन् । उक्त सहयोग हस्तान्तरण कार्यक्रममा कैलालीका बिभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृतहरु र गोदावरी होटल ब्यबसायी संघकी अध्यक्ष धना चोखालको उपस्थिती रहेको थियो ।