अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं २ तेघरीमा आजदेखी संचालन हुने भनिएको तेस्रो संस्करणको गौरीशंकर फुटबल प्रतियोगिता सरेको छ ।
नेपालीहरुको महान चार्ड दशै तथा तिहारको पावन अबसरमा गौरीशंकर टोल सुधार संस्थाको आयोजनामा कात्तिक २ गते अर्थात आज देखी ७ गते सम्मका संचालन हुने भनिएका तेस्रो संस्करणको गौरीशंकर फुटबल प्रतियोगिता प्रतिकुल मौसमका कारण सरेको हो ।
आयोजक गौरीशंकर टोल सुधार संस्थाले मौसममा आएको बदलीका कारण प्रतियोगिताको समय तालिका परिर्बतन गर्दै ३ दिन पछि सारिएको बताएको छ । अब उक्त प्रतियोगिताको उद्धघाटन कात्तिक ५ गते हुने खेलकुद सह संयोजक धर्मराज जोशीले जानकारी दिए ।
गौरीशंकर टोल सुधार संस्थाको आफ्नै खेलम मैदानमा संचालन हुने उक्त प्रतियोगितामा गोदावरी नगरपालिका सहित कैलालीका बिभिन्न १२ को टिमहरुको सहभागिता रहने उनले बताए ।
आयोजकले खेल तालिका समेत सार्वजनिक गरिसकेको अबस्थामा मौसममा एक्कासी आएको परिर्वतनले गर्दा प्रतियोगिता सार्नु परेको उनले बताए ।
करिब ३ लाख खर्च लाग्ने उक्त प्रतियोगिताको बिजेता टिमले नगद रु ५० हजार सहित ट्रफि , मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उप बिजेता हुने टिमले २५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
बिषय गरि गोदावरी नगरपालिका भित्र रहेको बिभिन्न क्लब र संस्थाका टिमलाई ग्रह्यता दिइने उक्त प्रतियोगितामा सहभागि हुनका लागि कुनै उमेर समूह नतोकिएको खेलकुद संयोजक लोकेन्द्र साउँदले जानकारी दिए । प्रतियोगिता नकआउटका आधारमा र फिफाको नियमवाट खेलाइने छ ।
प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद रु ५०० रुपैया प्रदान गरिने छ ।
खेलाडीहरुलाई सामान्य चोटपटक लागेमा प्राथमिक उपचार मात्रै गरिने र कुनै विबाद आएमा अन्तिम निर्णय आयोजककै हुने सह संयोजक जोशीले बताए । प्रतियोगिताको तयारी पूरा भैसकेको छ ।