अत्तरिया - कैलालीमा प्रेमीसँग मिलेर एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । जिल्लाको धनगढी उपमहानगरपालिका ७ बेली बस्ने अमृता चौधरीले प्रेमीसंग मिलेर आफ्नै २५ वर्षीय श्रीमान रमेश चौधरीको हत्या गरेकी हुन् ।
हत्या गर्ने महिला सहित दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । हत्या अभियोगमा पक्राउ परेका बेलीकी २७ वर्षीया अमृता चौधरी र उनका प्रेमी २९ वर्षीय विष्णु चौधरीलाई सार्वजनिक गरेको हो ।
उनीहरु दुवै जना मिलेर रमेशको हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । हत्यामा संलग्न दुवै जनालाई आज प्रहरीले सार्बजनिक गरेको छ ।
अमृता र विष्णुबीच केही वर्षदेखि प्रेम सम्बन्ध रहेको पाइएको छ । उनीहरु दुवै जनालाई दशैको दिन शुक्रबार मृतक रमेशले आपत्तीजनक अवस्थामा भेटेपछि घटना भएको प्रहरीले जनाएको छ । असोज २९ गते अर्थात दसैंको दिन । बिष्णु चौधरी र अमृता चौधरीले रातिको समयमा भेट्ने योजना बनाए । त्यसको जानकारी अमृताका श्रीमान रमेश चौधरीले पनि पाए ।
२९ गते राति श्रीमान रमेशसंगै सुतेकी अमृता रमेश सुतेको मौका छोपी ११ बजे प्रेमी बिष्णुलाई भेट्न गइन् । घर पछाडिको परालको थुप्रोमा बिष्ण र अमृताको भेट भयो । संगै सुतेकी श्रीमती बाहिरिएको पत्तो पाएका रमेशले बिष्ण र अमृतालाई आपत्तिजनक अवस्थामा फेला पारेका थिए ।
त्यसपछि रमेशले बिष्णुलाई कुटपिट गरे । बिष्णुले प्रतिकार गर्दै अमृतासंग मिलेर परालको थुप्रो नजिकै रहेको खेतमा घाटी थिचेर रमेशको हत्या गरे ।
हत्यापछि दुबै जनाले १५० मिटर टाढा खुटिया नदीतर्फ चौरमा रमेशको शव फालेको प्रहरी अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीले जानकारी दिए ।
खुलेको डिएसपी बिष्टले बताए। उनका अनुसार रमेशको हत्या मध्यराति १२ बजे भएको खुलेको छ । मृतकका आफन्तले कर्तव्य ज्यान शिर्षकमा किटानी जाहेरी दिएपछि दुुवै जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।