अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं २ तेघरीमा तेस्रो संस्करणको गौरीशंकर फुटबल प्रतियोगिता हुने भएको छ ।
नेपालीहरुको महान चार्ड दशै तथा तिहारको पावन अबसरमा गौरीशंकर टोल सुधार संस्थाको आयोजनामा कात्तिक २ गतेदेखी ७ गते सम्म तेस्रो संस्करणको गौरीशंकर फुटबल प्रतियोगिता हुने भएको हो ।
आयोजक गौरीशंकर टोल सुधार संस्थाले आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताका बारेमा जानकारी दिएको हो । करिब ३ लाख खर्च लाग्ने उक्त प्रतियोगिताको बिजेता टिमले नगद रु ५० हजार सहित ट्रफि , मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उप बिजेता हुने टिमले २५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
बिषय गरि गोदावरी नगरपालिका भित्र रहेको बिभिन्न क्लब र संस्थाका टिमलाई ग्रह्यता दिइने उक्त प्रतियोगितामा सहभागि हुनका लागि कुनै उमेर समूह नतोकिएको खेलकुद संयोजक लोकेन्द्र साउँदले जानकारी दिए । उनले असोज २८ गते टिम दर्ताको अन्तिम समय रहेको टिम दर्ताका लागि ४ हजार ५ सय ५ रुपैया शुल्क तोकिएको बताए ।
टिम दर्ता गर्दा १५ जना खेलाडीहरुको नाम पेश गर्नुपर्ने उनले बताए । गौरीशंकर टोल सुधार संस्थाको आफ्नै खेलम मैदानमा खेलाइने प्रतियोगिता नकआउटका आधारमा र फिफाको नियमवाट खेलाइने छ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद रु ५०० रुपैया प्रदान गरिने छ ।
खेलाडीहरुलाई सामान्य चोटपटक लागेमा प्राथमिक उपचार मात्रै गरिने र कुनै विबाद आएमा अन्तिम निर्णय आयोजककै हुने खेलका सह संयोजक धर्मराज जोशीले बताए । प्रतियोगिताको तयारी भैरहेको उनले बताए । गौरीशंकर टोल सुधार संस्थाका अध्यक्ष पदमराज ओझाको सभापतित्वमा भएको उक्त पत्रकार सम्मेलनमा गोदावरी २ का वडा सदस्य कमल कडायत प्रमुख अतिथी रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडा सदस्य कडायतले प्रदेशको राजधानी समेत तोकिएको तेघरीमा खेलकुदका गतिबिधिहरु बढ्दै जानु खुसीको कुरा रहेको बताए । उनले प्रतियोगिता आयोजना गर्नुमात्रै नभई यसलाई एक सम्य र भब्य रुपमा सु सम्पन्न गर्न र एक आपसमा भाईचारको सम्बन्ध पनि स्थापना गराउन आयोजकलाई आग्रह गरे ।
उनले प्रतियोगिता संचालनका लागि आफुले पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सोही पत्रकार सम्मेलनमा बोल्दै संस्थाका सल्लहाकार राजकुमार खड्काले गौरीशंकर टोल सुधार संस्थावाट बिगतमा पनि थुप्रै प्रतियोगिताहरु आयोजना गरि भब्य रुपमा सम्पन्न गरेको बताए ।
उनले प्रत्येक बर्ष आयोजना हुदै आएका प्रतियोगिताको धनराशी पनि बढाउदै खेललाई ठूलो बनाउदै लगिरहेको बताए । उनले संस्थाले खेलकुदका गतिबिधिसंगै गाउँ समाजमा हुने हरेक सामाजिक कार्यमा अग्रसर रहदै आएको बताए ।
पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष पदमराज ओझाले प्रतियोगिता संचालनका लागि खर्च ठूलो भएकाले सबैलाई आ आफ्ने तर्फवाट सहयोग गर्न आग्रह गरेका छन् ।