अत्तरिया - सुदूपश्चिम प्रदेशको राजधानी कैलालीको अत्तरिया बजार सहित बस पार्क क्षेत्रमा तालिम प्राप्त कुकुर सहित ड्रोन क्यामरावाट चेकजाँच गरिएको छ ।
नेपालीहरुको महान चार्ड दशैं तथा तिहार लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय कैलाली र ईलाका प्रहरी कार्यालय मालाखेतीवाट खटिएको प्रहरीको टोलीले आज अत्तरिया बजार सहित बसपार्क क्षेत्रमा तालिम प्राप्त कुकुर सहित ड्रोन क्यामरावाट चेकजाँच गरेको हो ।
जिल्लाबासीहरुलाई ढुक्कका साथ चार्डपर्व मनाउन भन्दै अबैध क्रियकलापहरु रोक्नका लागि प्रदेशको राजधानी रहेको बजार क्षेत्र र बसपार्क क्षेत्रमा सुरक्षा ब्यबस्था कडा पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्लावाट आएको बिस्पोटक पदार्थ सम्बन्धि अनुसन्धान गर्ने रानी नामक कुकुर सहित ड्रोन क्यामराको टोलीले आज दिउँसो अत्तरिया बजार र बस पार्क क्षेत्र वरपर चेकजाँच गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीले तयार पारेको चाड पर्व लक्षित सुरक्षा योजना अनुसार बसपार्क र बजारको बढी भिडभाड हुने क्षेत्रहरूमा तालिम प्राप्त कुकुर र ड्रोन क्यामराको प्रयोग गरेर चेकजाँचमा तिब्रता दिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
दसैँ, तिहार र छठ पर्वका बेला सीमा नाकाबाट हातहतियार र लागुऔषध जस्ता वस्तुको ओसारपसार हुन सक्ने कुरालाई मध्यनजर गर्दै चेकजाँचमा तालिम प्राप्त कुकुर सहित ड्रोन क्यामराको प्रयोग गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरिक्षक दान बहादुर रोकायाले जानकारी दिए ।
उनले जिल्लावाट नै बिज्ञ सहितको टोली आएर आज चार्डवार्डको बेला हातहतियार , लागुऔषध र बिस्पोटक पदार्थका कारण अत्तरिया आसपास कुनै पनि समस्या नआवस र स्थानियहरुले ढुक्कका साथ दशै तिहार मनाउन भन्नका लागि चेकजाँच गरिएको बताए ।
जिल्लाभरिको सुरक्षा व्यवस्थालाई त्रुटि रहित, भरपर्दो, विश्वसनीय र मजबुद बनाई जनजीवनलाई सुखमय बनाउनुका साथै जनताहरुलाई पूर्ण रूपमा सुरक्षाको प्रत्याभूति दिलाउन तालिम प्राप्त कुकुरहरू सहित चेकजाँच गर्न जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यसका साथै सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधिलाई दृष्टिगत गरेर चेकजाँचमा थप कडाइ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीवाट प्रहरी निरिक्षक लोकेन्द्र गुरु र ईलाका प्रहरी कार्यालय मालाखेतीवाट प्रहरी निरिक्षक दान बहादुर रोकया आफै तालिमा प्राप्त कुकुर र ड्रोस सहित चेकजाँचमा खटिएका थिए ।
उक्त टोलीले अत्तरिया बजारमा बिभिन्न पसलहरु , बस पार्क क्षेत्र र बस पार्क बिभिन्न ठाउँमा आवातजावत गरिरहेका सवारी साधनहरुमा चेकजाच गरिएको थियो ।