अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं.२ अत्तरियामा रहेको सुप समावेशी आधारभुत विद्यालयमा दशै तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएकोे छ । हेल्पिङ हेण्ड्स फाउन्डेशन अफ नेपाल कैलालीको समन्वयमा सुप समावेशी आधारभुत विद्यालयको आयोजना शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर साउँदको सभापत्विमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दिर्घ सोडारी रहेका थिए भने भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी बिशिष्ट अतिथी रहेकी थिइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी भौतिक पूर्वाधार विकासमन्त्री दिर्घ सोडारीले सुप समावेशी आधारभूत विद्यालय एउटा नमुना विद्यालय भएको बताएका छन् । विद्यालयले फरक क्षमता भएका विद्यार्थीहरुको क्षमता वृद्धि गर्ने देखि आफ्नो भाग्य र भविष्य निर्धारण गर्न विद्यालयले ठूलो योगदान दिइरहेको उनले बताए ।
फरक क्षमता भएकाहरुको क्षमतालाई अवसरमा रुपान्तर गर्नु हामी सबैको दायित्व हो, यसमा राज्यको पनि दायित्व हुुन्छ मन्त्री सोडारीले भने राज्यको दायित्व यतिबेला सु.प समावेशी आधारभूत विद्यालयले गरिरहेको भन्दै बिधालयको प्रशंसा गरे ।
त्यस्तै मन्त्री सोडारीले दशै, तिहार र छठ पर्वको अवसरमा सम्पूणर्मा शुभकामना व्यक्त गर्दै सुप समावेशी आधारभूत विद्यालयलाई मन्त्रालयको तर्पmबाट, सरकारका तर्फबाट, व्यक्तीगत तर्पmबाट, पार्टीको तर्पmबाट के कति सहयोग गर्न सकिन्छ त्यो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उक्त कार्यक्रममा गोदावरी नगरपालिकी उप–प्रमुख रत्ना कडायत, गोदावरी नगरपालिका वडा नं.२ का वडा अध्यक्ष कृष्णराज जोशी , दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डम्मर पाल, ईलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरिक्षक दान बहादुर रोकाया, नेपाल बाल संगठनका सचिव नरेन्द्र राज शर्मा, पदमा अस्पतालका प्रशासकिय अधिकृत मञ्जु साउँद, राष्ट्रिय लोक सांस्कृति प्रतिष्ठानका अध्यक्ष लिलाधर बास्कोटा, रिलाइवेल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड अत्तरियाका प्रमुख धर्म कुँवर लगायतको सहभागिता रहेको थियो ।
विद्यालयकी प्रधानाध्यापक देवी साउँदको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदले गरेका थिए ।