अत्तरिया - कैलालीको गोदावरी नगरपालीका वडा नं ८ जमुनानगरमा रहेको एकता प्रगतिशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संचालक समितिका अध्यक्ष सुरत बहादुर बोगटीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी प्रमुख अतिथी रहेकी थिइन् भने गोदावरी नगरपालीका वडा नम्बर ८ का वडाध्यक्ष नरेश बहादुर अधिकारी र जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष फणि सापकोटा बिशिष्ट अतिथी रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी राज्यमन्त्री चौधरीले समाजमा रहेका विपन्न आयस्तर भएका गरिब परिवारको साहारा बनिरहेको बताइन् ।
उनले सहकारीहरुले समाजमा महत्वपूर्ण भूमिका खेलिरहेकाले यसलाई राज्यतहवाट सहयोग गर्नुपर्ने बताइन् । उनले बिषेश गरि महिलाहरुको दुखमा साथ दिने काम सहकारीले गरिरहेको उनले बताइन् । उनले राज्यले पनि सहकारीलाई संगसंगै लगेर जानुपर्ने बताइन् ।
सहकारीवाट हरेक शेयर सदस्यहरुको क्षमता पनि बिकास हुने भएकाले शेयर सदस्यहरुलाई उत्पादनशिलमा क्षेत्रमा जोड्नुपर्ने बताइन् ।
उनले बिगत कार्यक्रमहरुमा आउदै गर्दा एकता प्रगतिशिल सहकारीका पदाधिकारीहरुले बैठक कक्षको अभाव रहेको बताएपछि आफुले प्रदेश सरकारवाट बजेट हाल्न लगाएर अहिले आउँदा दुई कोठे भवन पूर्ण भएको देख्दा खुुसी लागेको बताइन् ।
उनले आफुले बोलेका कुराहरु ढिलो चाडो जहिले भएपनि त्यो बोलेको कुरा पुरा गरेरै छाड्ने बताएकी छन् । कार्यक्रममा संस्थाका सचिब रमेश बोगटीले संस्थाको निति , कार्यक्रम तथा संस्थाको आयब्यय विवरण प्रस्तुत गरेका थिए । २०६७ सालमा ४१ जना शेयर सदस्यको १ लाख ४७ हजार पुँजीवाट सुरु भएको सहकारी संस्थामा २०७७÷०७८ को अषाढ मसान्त सम्म पुग्दा ७६ लाख ५८ हजार शेयर पुजी रहेको छ ।
संस्थाले गत आर्थिक बर्ष २०७६÷०७७ सालमा १३ लाख ३१ हजार ७ सय ८१ रुपैयामा खुद मुनाफा आर्जन गरेकोमा आर्थिक बर्ष २०७७÷०७८ को अषाढ मसान्त सम्म ८ लाख ४५ हजार १४ रुपैया मुनाफा आर्जन गरेको छ । संस्थाले अहिले अषाढ मसान्त सम्ममा ४ करोड ८५ लाख ४६ हजार ९ सय ६६ रुपैयाँ ऋण लगानी गरेको छ ।
संस्थाले गरेको बिभिन्न शिर्षकका बचतहरुमा गत आर्थिक बर्ष ३ करोड १७ लाख ४९ हजार २ सय ७७ रहेकोमा यस आर्थिक बर्षमा ४ करोड ८३ लाख ३१ हजार , ३ सय २८ रुपैयाँ रहेको संस्थाका सचिब बोगटीले जानकारी दिए ।
गत आर्थिक बर्ष २०७६÷०७७ सालमा संस्थाका शेयर सदस्यहरुको संख्या १ हजार ४ सय ६१ जना रहेको यस आर्थिक बर्षमा ३६ प्रतिशतले बढेर १७ सय ६३ पुगेको छ ।
कार्यक्रममा संस्थाका उत्कृष्ट समुह र जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । संस्थाकी उपाध्यक्ष धना पाठकको स्वागत मन्तव्य संगै शुरु भएको कार्यक्रमको संचालन संस्थाका सदस्य शेर बहादुर बोगटीले गरेका थिए ।