अत्तरिया - सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको अत्तरियामा स्थापना भई प्रदेशका नौ वटै जिल्लामा फैलिएको सामाजिक संस्था थ्रीडिभिएल क्रियसनको आयोजनामा दशै तिहारको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष दिपक ओझाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गोदावरी नगरपालिका वडा नं २ का अध्यक्ष कृष्णराज जोशी प्रमुख अतिथी रहेका थिए । यस्तै कार्यक्रममा वडा नं २ की सदस्य एबम कार्यपालिका सदस्य ईश्वरा आर्चाय र संस्थाका संरक्षक दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डम्बर बहादुर पाल बिशिष्ट अतिथी रहेका थिए ।
कार्यक्रममा घर आगँनमै आइपुगेको नेपालीहरुको महान चार्ड बडा दशैको शुभकामना दिदै प्रमुख अतिथी वडा अध्यक्ष जोशीले थ्रीडिभिएल क्रियसनले समाजमा खेलेको भूमिका अतुलनिय रहेको बताएका छन् । उनले वडा नं २ मा युवाहरु मिलेर स्थापना गरेको संस्थालाई सुदूरपश्चिम प्रदेशका हरेक कुनामा पुञ्याउदै सकारात्म सोच भएका युवाहरुलाई जोडेर संस्थाले गरेको समाजिक कामको प्रशंसा गरे ।
उनले आजका युवाहरु नै भोली भबिष्यका कर्णधार हुने भएकाले नकरात्मक सोचलाई त्यागेर सधै सकारात्मक र सत्यको बाटोमा हिड्न युवाहरुलाई आग्रह गरे । उनले कोरोना कालमा संस्थाले गरेको कामलाई यसरी नै निरन्तरता दिदै गएमा संस्था छिट्टै सबैको मन मनमा बस्न सफल हुने र फस्टाउदै जाने बताएकाछन् ।
यस्तै कार्यक्रममा बोल्दै संस्थाका संरक्षक डम्बर बहादुर पालले थ्रीडिभिएल क्रियसनले स्थापनाकालदेखी नै आफुसंग सुझाव सल्लाह माग्दै आएको र युवाहरुलाई सकारात्मक दिशा तर्फ अघि बढाउन आफुले सधै सहयोग गर्ने बताएका छन् । उनले थ्रीडिभिएल क्रियसनले छोटो समयमै महत्वपूर्ण र रचनात्मक काम गरेको र अझै पनि युवाहरुलाई जोड्दै एक बृहत परिवारको रुपमा अगाडी बढाउन सुझाव दिए ।
उनले संस्थाले अझै धेरै गर्न र सिक्न बाकिँ रहेकाले समाजमा रचनात्मक कामहरु गर्दै संस्थालाई सधैव जिवन्त बनाईराख्न संस्थाका सम्पूर्ण पदाधिकारीहरुलाई आग्रह गरे । कार्यक्रममा संस्थाका अध्यक्ष दिपक ओझाले अबका युवाहरु केही फरक सोच र बिचारका साथ अगाडी बढ्नुपर्ने बताएका छन् ।
उनले १÷२ जनावाट सुरु भएको संस्थाले अहिले आफ्नो नेटबर्कलाई बढाउदै प्रदेशका सबै जिल्ला जिल्लामा शाखा बिस्तार गरेको बताए ।
उनले युवाहरुले सामाजिक कार्यसंग सगै आफु पनि बलियो हुनका लागि ब्यबसायी बन्नुपर्ने बताएका छन् । उनले यसका लागि थ्रीडिभिएल क्रियसनले केही नयाँ सोच र जागरका साथ संस्थामा जोडिएका युवाहरुलाई कसरी ब्यबसायीक रुपमा अगाडी बढाउन सकिन्छ भन्ने कुरालाई बढी महत्वका साथ हेरेर अगाडी बढिरहेको बताए ।
कार्यक्रममा सहभागी युवा ब्यबसायी प्रेमराज भट्ट , संरक्षक राष्ट्रिय लोक सास्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष लिलाधर बास्कोटा , शिक्षक भूपेश जोशी लगाएतले शुभकामना मन्तब्य राखेका थिए । संस्थाका कोषध्यक्ष क्षितिज साउँदको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको संचालन सचिब लोकराज ओझा एलआरले गरेका थिए ।