अत्तरिया - नेपाली काग्रेसका पूर्व केन्दिय सुनिल कुमार भण्डारीले नेपाली काग्रेसलाई नै खरानी बनाउँछु भन्नु गलत रहेको बताएका छन् ।
कैलालीको गोदावरी नगरपालिका वडा नं ५ गेटा वडा कार्यसमितिले आयोजना गरेको दशै तिहार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । केही काग्रेसकै नेताले अब पार्टीलाई खरानी बनाउँछु भन्दै हिडिरहेको बताउँदै उनले पदमै बसेका जिम्मेवार ब्यक्तिहरुवाट यस्ता कुरा आउनु दुखद रहेको बताए ।
उनले आफु कांग्रेसको सच्चा कार्यकर्ता भएकाले कांग्रेसलाई खरानी बनाउन तर्फ नभई बचाउन तर्फ लागिरहेको बताए । "अहिले कांग्रेसकोका मै हु भन्ने नेताहरु पार्टीलाई नै खरानी बनाउँछु भनेर हिडिरहनुभएको छ , जिम्मवार नेतृत्वमा बसेकाहरुले पार्टीलाई खरानी बनाउने कि खरानी हुनवाट बचाउने हो" उनले भने ,' यस्ता कुराहरु बोल्दा अलि बिचार पुञ्याउनुपर्छ , अलि सोच्नुपर्छ , जुन थालमा खायो त्यसै थालमा प्वाल पार्न खोज्नेहरुवाट के अपेक्षा गर्न सकिन्छ ।"
उनले यस्ता कुरा गर्नेहरुलाई आउँदो १४ औँ महादिवेशनवाटै किनारा लगाउनुपर्ने बताएका छन् । उनले अहिले पार्टी संकटमा परेकाले यसबेला सबै एक हुनुपर्ने बताएका छन् ।
'हिजोका दिनमा म र दिर्घराज भाटको अलग अलग थियौ , अहिले पार्टीलाई संकट परेको छ , यो बेला हिजोका दिनमा भाट जीले गरेको त्याग , तपस्यालाई सम्झेर पार्टीलाई बचाउन हामी एक ठाउँमा उभिएका छौ,,' उनले भने , ' हामी सत्यको बाटोमा हिडिरहेका छौ , ढिलो चाडो जे भएपनि जहिले पनि सत्यको नै जित हुन्छ ।'
उनले आगमी १४ औँ महादिवेशनमा पनि सही , ईमान्दार र सत्यको बाटोमा हिड्नेहरुको जित हुने र यो बेला यस्ता ब्यक्तिहरु पार्टीका लागि निकै महत्वूर्ण हुने भएकाले एक ठाउँमा उभिन आग्रह गरे ।
सोही कार्यक्रममा बोल्दै पूर्वमन्त्री दिर्घराज भाटले आफ्नो सम्पूर्ण जिवन काग्रेसकै लागि अर्पण गरेको बताए । उनले हिजोका दिन देखी आजका दिन सम्म आफुले सधै पार्टीलाई उचाइमा पुञ्याउनमा भूमिका खेलेपनि अहिले भने अनआवश्यक आरोप लाग्न थालेको बताए ।
"मैले सधैव पार्टीलाई हेरेको छु , काग्रेसलाई बचाएको छु ,सत्यको बाटो रोजेको छु" उनले भने - " म कसैलाई गाली गर्दैन तर यहाँ जे मन लाग्यो त्यही बोल्ने अनआनश्यक आरोप प्रत्यारोप लगाउने काम भैरहेको छ । "
उनले हिजोका दिनमा आफुले बोलेको कुरालाई प्रष्ट रुपमा बुझ्न आग्रह गर्दै आफुले त्यो बेला आफुले स्थानिय निकायको निर्वाचनमा अन्तरघात गर्नेहरुलाई सबैले राम्रो संग चिन्नुपर्ने बताएको जानकारी गराए । उनले हिजोका दिनमा अन्तघात भएको छ कि छैन त्यो पनि हेर्न र त्यस्ता अन्तरघातीहरुलाई यही १४ औँ महादिवेशनवाट चिन्न सबै नेता कार्यकर्तामा आग्रह गरेका छन् ।
उनले गल्ती सबैको हातवाट हुने र गरेको गल्तीलाई स्विकार गरेर आएमा आफुहरु सहजै स्वकार गर्न तयार रहेको बताए । कार्यक्रममा बोल्दै गत निर्वाचनमा प्रदेश सभाका उमेद्वार यज्ञराज चौधरीले जहाँ नेतृत्वपङ्ती रहेको छ आफु पनि त्यही रहेको बताएका छन् ।
यस्तै सोही कार्यक्रममा बोल्दै स्थानिय तहको निर्वाचनमा गोदावरी नगरपालिकामा मेयर पदका उमेद्वार बिरेन्द्र भट्टले नेपाली काग्रेस आम नेता कार्यकर्ताहरुले सही र गलतलाई छुट्याउन सक्नुपर्ने बताएका छन् ।उनले ३ सय ६४ दिन काग्रेस र १ दिन अरु कुनै पार्टीलाई रोज्नेहरुलाई सबैले चिन्न जरुरी रहेको बताएका छन् ।
गोदावरी नगरपालिका वडा नं. ५ का वडा सभापति पुस्कर विष्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पुर्व केन्द्रिय सदस्य कुमार भण्डारी प्रमुख अतिथि रहनुभएको थियो भने पुर्वराज्य मन्त्री दिर्घराज भाट र प्रदेश सभाका उम्मेदवार यज्ञराज चौधरी विशिष्ठ अतिथि रहनुभएको थियो ।
सो कार्यक्रममा राष्ट्रिय सभाका उम्मेदवार एबम महिला नेतृ तुलसी देवकोटा , गोदावरी नगरपालिकाका मेयर पदका उम्मेदवार विरेन्द्र भट्ट, उपमेयरका उम्मेदवार भगवती पाठक, महादिवेशन प्रतिनिधि गोपाल देउवा , काग्रेस कैलालीका सदस्य बसन्त रोकाया ललित , पूर्व गेटा गाउँ विकास समितिका अध्यक्ष गोपाल दत्त भट्ट , युवा नेता प्रेमराज भट्ट लगाएतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।