काठमान्डौ -प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सरकार गठन भएको ८८ दिनपछि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । गठबन्धनका ४ वटै दलहरुले मन्त्रीहरुको नाम पठाएपछि देउबाले मन्त्री परिषदको बिस्तार गरेका हुन । यस अघि लामो समय सम्म मन्त्री परिषदको बिस्तार गर्न नसकेको भन्दै देउबाको आलोचना हुँदै आएको थियो ।
कसलाई कुन मन्त्रालय ?
कांग्रेसबाट
गृह मन्त्रालय– बालकृष्ण खाँण
परराष्ट्र मन्त्रालय –नारायण खड्का
सञ्चार, सूचना तथा प्रविधि– ज्ञानेन्द्रबहादुर कार्की
कानुन न्याय तथा संसदीय मामिला– दिलेन्द्र बडु
महिला बालबालिका तथा ज्येष्ठ नागरिक– उमा रेग्मी
रक्षा मन्त्रालय – मिनेन्द्र रिजाल
खानेपानी मन्त्रालय – उमाकान्त चौधरी
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय – गजेन्द्र हमाल
जसपाबाट
भौतिक पूर्वाधार तथा यातायात – रेणु यादव
संघीय मामिला तथा सामान्य प्रशासन– राजेन्द्र श्रेष्ठ
वन तथा वातावरण– रामसहाय यादव
कृषि तथा पशुपन्छी विकास– प्रमोद साह
एकिकृत समाजवादीबाट
संस्कृति पर्यटन तथा नागरिक उड्यन–रामकुमारी झाँक्री
श्रम रोजगार तथा सामाजिक सुरक्षा– कृष्णकुमार श्रेष्ठ (किसान)
सहरी विकास मन्त्रालय– प्रेम आले
स्वास्थ्य तथा जनसंख्या– विरोध खतिवडा
स्वास्थ्य राज्यमन्त्री – भवानीप्रसाद खापुङ
माओवादी केन्द्रबाट
अर्थ मन्त्रालय – जनार्दन शर्मा
शिक्षा विज्ञान तथा प्रविधि– देवेन्द्र पौडेल
ऊर्जा मन्त्रालय – पम्फा भुसाल
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण– शशि श्रेष्ठ
युवा तथा खेलकुद मन्त्रालय– महेश्वर गहतराज